टोखा सपनातिर्थ मन्दिर पुननिर्माणको बिषयमा छलफल

टोखा सपनातिर्थ मन्दिर पुननिर्माणको बिषयमा छलफल

कपन अनलाइन

काठमाडौं असोज २७ / नबिन श्रेष्ठ

टोखा नगरपालिका वडा नं २ अवस्थित टोखा सपनातिर्थ मन्दिर निर्माण कार्यमा एतिहासिक धार्मिक पुरातात्विक रुपमा पुननिर्माण हुनुपर्ने विषयमा उपभोक्ता समिति र वडा अध्यक्ष दिपक राज जोशी लगायतको उपस्थितिमा छलफल गरिएको छ। वडा कार्यालयमा  भएको सो छलफलमा सपनातिर्थ मन्दिर निर्माणमा स्टिमेट अनुसार सिमेन्टको सट्टा सुर्खी प्रयोग हुनुपर्ने नेवा: राजनीति अभियानका अध्यक्ष र नेपाल भाषा क्लब टोखाका संस्थापक श्रीकृष्ण मानन्धरको  सुझाव  रहेको  थियो।पौराणिक कालदेखिको एतिहासिक धार्मिक स्थल सपनातिर्थ मन्दिर भएकोले अबको मन्दिर निर्माण कार्य सुरु गर्दा पुरात्ववीक रुपमा बनाउनु पर्ने स्थानीय शुभ चिन्तकहरुको  माग रहेको थियो।

उपभोक्ता समिति र निर्माण कार्य समितिले भने बलियो बनाउनका लागि सिमेन्ट प्रयोग गरिएको र पहिलाको जस्तो सुर्खि अहिले त्यति राम्रो नभएको भन्दै सिमेन्ट प्रयोग गरिएको आफुले  जानकारी पाएको वडा अध्यक्ष दिपक राज जोशीले बताए टोखामा अबका दिनमा जतिपनि मठ- मन्दिर, पार्टीपैवा, कुवा जस्ता एतिहासिक धार्मिक पुरातात्विक कलात्मक झल्कने  किसिमका जति पनि निर्माण कार्यहरु हुन्छ त्यसमा टोखाका शुभ चिन्तक, सल्लाकार एतिहासिक पुरात्वविक विषयमा अध्ययन गर्ने व्यक्तिहरूलाई समेटेर सरोकारवाला समिति गठन गरि सो समितिमा जन प्रतिनिधिहरुलाइ समेत समावेश गरिदा निर्माण कार्यमा सहज हुने बिश्वास ब्यक्त गरेका थिए  ।

उनले सपनातिर्थ मन्दिर निर्माण मा जति पनि संघ – संस्थाहरुका   प्रतिनिधि तथा स्थानियले  दिएको सल्लाहलाइआफुले सुझाबको रुपमा लिएको जोशीले बताए । अर्को समिति गठन नभए सम्म सपनातिर्थ मन्दिर निर्माण कार्य भने केही दिन रोकिएको वडा अध्यक्ष दिपक राज जोशीले जानकारी दिए ।

 नबिना श्रेष्ठ सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन।

तपाइँको प्रतिक्रिया ।