बुढानिलकण्ठ नगरपालिकामा असोज २५ गते थप ५८ जनामा कोरोना संक्रमण

बुढानिलकण्ठ नगरपालिकामा असोज २५ गते थप ५८ जनामा कोरोना संक्रमण

कपन अनलाइन

काठमाडौं ,असोज २६। बुढानिलकण्ठ नगरपालिकामा असोज २५ गते थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नगरपालिकामा कोरोना संक्रमितको कुल संख्या ९७६  पुगेको छ।

असोज २५ गते  थपिएका संक्रमितहरुमा  वडा नं, ३ बाट  चार जना, ४ बाट एक जना, ५ बाट  चौध जना, ६ बाट चार जना  ७ बाट  पांच जना, ८ बाट पाँचजना, ९ बाट  पांच जना, १० बाट सात  जना, ११ बाट  तीन जना,  १२ बाट आठ जना र १३ बाट दुइ जना  रहेको नगरपालिकाले जनाएको छ ।  असोज २५ गते ५६८ जनाले कोरोना जितेको र हाल सम्म सक्रिय संक्रमित ४०३जना रहेको जनाएको छ। त्यसै गरि होम आइसोलेसनमा ३५५ जना अर्हेको र अस्पतालको आइसोलेसनमा ४८ जना रहेको पनि जानकारी गराएको छ  ।

तपाइँको प्रतिक्रिया ।