गोकर्णेश्वर नगरपालिका वडा नं ६ मा कोरोना संक्रमित महिलाको मृत्यु

कपन  अनलाइन

काठमाडौँ, असोज २७ ।गोकर्णेश्वर नगरपालिका वडा नं ६ मा कोरोना संक्रमित सोमबार एक  महिलाको मृत्यु भएको छ।६० बर्षिय दमको दिर्घ रोगी समेत रहेकी उक्त महिला आइतबार  अस्पतालबाट डिस्चार्ज भएकी थिइन् ।

 मृतक महिलाको शव व्यवस्थापनका लागि गोकर्णेश्वर नगरपालिका वडा नं. ६ का अध्यक्ष रमेश अर्याल, वडा नं ५ का अध्यक्ष नारायण सुवेदी, वडा नं ८ अध्यक्ष मनोज ढुङ्गाना,  गोकर्णेश्वर स्वास्थ्य शाखा  प्रमुख हरिप्रसाद उपाध्याय, नयाबस्ती प्रहरी इन्चार्ज सोम श्रेष्ठ लगायत स्वास्थ्य टोलि खटिएको थियो ।

शव व्यवस्थापन पश्चात उक्त क्षेत्रमा डिस इन्फेक्सन समेत गरिएको वडा अध्यक्ष रमेश अर्यालले जानकारी गराए ।केहि दिन अघि मात्र पनि सोहि वडामा होम आइसोलेसनमा बसेका एक कोरोना संक्रमित ब्यक्तिको मृत्यु हुँदा शव व्यवस्थापनको लागि २४ घन्टा लागेको थियो ।

तपाइँको प्रतिक्रिया ।