बुढानिलकण्ठ नगरपालिकाले घर पालुवा र सामुदायिक कुकुर बिरालोहरुलाई नि:शुल्क रेबिज खोप लगाउने

बुढानिलकण्ठ नगरपालिकाले घर पालुवा र सामुदायिक कुकुर बिरालोहरुलाई नि:शुल्क रेबिज खोप लगाउने

कपन अनलाइन

काठमाडौँ, असोज ६।  विश्व रेबिज दिवस २०७७ को उपलक्ष्यमा बुढानिलकण्ठ नगरपालिका पशु सेवा शाखाले नगर भित्रका घर पालुवा  वा सामुदायिक कुकुर बिरालोहरुलाई निशुल्क रेबिज भ्याक्सिन लगाउने भएको छ ।बुढानिलकण्ठ नगरपालिका पशु शाखा चपलीमा २०७७ साल असोज १२ गते देखि २०७७ साल असोज १८ गते सम्म रेबिज भ्याक्सिन लगाउने भएकोले आफुले पालेको र सामुदायिक कुकुर बिरालोलाइ भ्याक्सिनेशन गराउनको लागि पशु सेवा शाखाका पशु चिकित्सक काजी बहादुर श्रेष्ठले अनुरोध गरेका छन् ।

रेबिज विरुद्ध पहिलो पल्ट प्रभावकारी खोपको विकास गर्ने वैज्ञानिक लुइस पाश्चरको निधन भएको दिन सेप्टेम्बर २८ लाई स्मरण गर्दै हरेक वर्ष रेबिज दिवस मनाउने गरिएको छ।रेबिज रोग, रेबिज लागेका कुकुर, स्याल, बिरालो लगायतका पशुको टोकाइबाट मानिस र अरु स्तनधारी प्राणीमा सर्ने प्राणघातक रोग हो ।रोगका जिवाणुहरु रोगी पशुको र्‍यालमा रहने भएकाले त्यस्ता पशुले टोक्दा घाउसगै मानिसको शरीरमा प्रवेश गरी रोग उत्पन्न गर्छन् । रेबिज प्राणघातक रोग भएकाले रोगबाट जोगिन खोप लिनै पर्ने तथा बौलाहा हो भन्ने शंका लागेका पशुले टोके तत्काल साबुन पानीले धुने जस्ता रोकथामका उपाय अपनाउनुपर्ने चिकित्सकको सुझाव रहेको छ ।

 

 

 

तपाइँको प्रतिक्रिया ।