Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/09/119450800_771150213668218_4668383115913463419_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

गोकर्णेश्वर नगरपालिकाको असोज २ गते सम्मको कोरोना अपडेट

कपन अनलाइन

काठमाडौँ, असोज ४ ।  गोकर्णेश्वर नगरपालिकाले असोज २ गते सम्मको कोरोना अपडेट सार्वजनिक गरेको छ । जसमा असोज २ गते सम्ममा गोकर्णेश्वर नगरपालिका भित्र १७९ जना पुरुष र १३८ जना महिला गरि कुल ३१७ जना संक्रमित फेला परेको उल्लेख गरिएको छ भने हाल सम्म ८४ जना पुरुष र ४९ जना महिला गरि कुल १३३ जनाले कोरोना जितेर फर्किएको जनाइएको छ ।

त्यसै गरि हाल सम्म नगरपालिका भित्रको एक जना पुरष र एक जना महिला गरि २ जनाको मृत्यु भएको समेत उल्लेख गरिएको छ ।हाल सम्म नगरपालिका भित्र ९४ पुरुष र ८८ जना महिला गरि कुल १८२ जना सक्रिय संक्रमित रहेको जनाइएको छ।त्यसै गरि होम आइसोलेसनमा ८१ जना पुरुष र ७५ जना महिला गरि कुल १५६ जना रहेको  उल्लेख गरिएको छ भने अस्पतालको आइसोलेसनमा १३ जना पुरुष र १३ जना महिला गरि कुल २६ जना रहेको जनाइएको छ। हाल सम्म ४ पुरुष र १ महिला गरि कुल  ५ जना क्रिटिकल केयरमा रहेको जनाइएको छ।

त्यसै गरि हाल सम्म नगरपालिका भित्र ६४२ जना पुरुष र २२५ जना महिला गरि कुल ८६७ जनाको आर डी टि परिक्षण गरिएको र हाल सो आर डीटि परिक्षण बन्द गरिएको उल्लेख गरिएको छ। त्यसै गरि नगरपालिकाले हाल सम्म ६७२ जना पुरुष र ५७८ जना महिला गरि कुल १२५० जनाको पिसीआर परिक्षण गरिएको जनाएको छ त्यस्तै हाल सम्म १२१३ जनाको कन्ट्याक्ट ट्रेसिंग गरिएको र कन्ट्याक्ट ट्रेसिंगको क्रममा ८३ जना पुरुष र ६५ जना महिला गरि कुल १४८ जना कोरोना संक्रमित भेटिएको उल्लेख गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।