सिन्धुपाल्चोकका पहिरो पिडितलाई रास्ट्रिय युवा संघ नेपालको सहयोग

सिन्धुपाल्चोकका पहिरो पिडितलाई रास्ट्रिय युवा संघ नेपालको सहयोग

कपन अनलाइन

काठमाडौं ,असोज ४ ।

रास्ट्रिय युवा संघ नेपालले सिन्धुपाल्चोकका पहिरो पिडितलाई राहत वितरण गरेको छ । रास्ट्रिय युवा संघ नेपालका संयोजक रामप्रसाद सापकोट दीपशिखाको नेतृत्वमा गएको टोलीले बाह्रविसे नगरपालिका ७ नागपुजेका पिडितलाई राहत वितरण गरेको हो ।

राहत वितरण गर्दै रास्ट्रिय युवा संघका संयोजक दीपशिखाले पहिरोबाट पूर्ण रुपमा क्षति भएका १६ घर पुर्निमाणमा लाग्ने जस्तापाता उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे । संघले स्थानीय जनप्रतिनिधिको रोहबरमा १८१ बोरा चामल, १९० लिटर तेल, २०० केजि दाल र ८० केजि नुन हस्तान्तरण गरेको छ ।

गत भाद्र २८ गते राति आएको पहिरोले नागपुजेका २८ घर पुरिदा १६ जनाको मृत्यु भएको थियो भने १५ वेपत्ता भएका थिए ।

तपाइँको प्रतिक्रिया ।