Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/09/119598224_769739003791241_8381207309929827575_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

संविधान दिवसको अवसरमा माइतीघर मण्डलामा नेवि संघको दीप प्रज्वलन

कपन अनलाइन

काठमाडौँ, असोज ४। संविधान दिवसको अवसरमा शनिबार  साँझ काठमाडौंको माइतीघर मण्डलामा दीप प्रज्वलन गरिएको छ  ।नेपाल विद्यार्थी संघ कोटेश्वर बहुमुखी क्याम्पस इकाईको आयोजनामा नेपाली कांग्रेसका युवा नेता कुन्दन राज काफ्लेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।नेपाली कांग्रेसका तत्कालीन सभापति तथा प्रधानमन्त्री स्वर्गीय सुशिल कोइराला नेतृत्वको सरकारले नेपालमा नयाँ संविधान जारी गरेको हो।

दीप प्रज्वलन कार्यक्रममा बोल्दै  नेपाली काग्रेसका विद्यार्थी नेताहरुले संविधान कार्यान्वयन तहमा रहेका व्यक्तिहरुले संविधानको मूल्य र मान्यता विपरित कार्य गरिरहेकाले खबरदारी गर्न जनता जागरुक हुन आग्रह गरेका थिए।कार्यक्रममा मनिष सिम्खडा, सुशान्त तामाङ , अर्वत खड्का, बिन्दा बोगटी, संजय बुडाथोकीको सहभागीता रहेको कोटेश्वर बहुमुखी क्याम्पस इकाई सचिव बिशान कोइरालाले जानकारी दिए।

तपाइँको प्रतिक्रिया ।