संबिधान दिवसको अवसरमा कपन ह्यान्डबल मैदानमा दिप प्रज्वलन

संबिधान दिवसको अवसरमा कपन ह्यान्डबल मैदानमा दिप प्रज्वलन

कपन अनलाइन 

काठमाडौं ,असोज ४।

संबिधान दिवसको अवसरमा कपन ह्यान्डबल मैदानमा दिप प्रज्वलन गरिएको छ। नेपाल कम्युनिस्ट पार्टी बुढानिलकण्ठ वडा नं १० ,११ र १२ को संयुक्त आयोजनामा भएको सो दिप प्रज्वलन कार्यक्रममा सो क्षेत्रका विभिन्न नेता ,कार्यकर्ता तथा स्थानीयहरुको सहभागिता रहेको थियो।

नेपाल कम्युनिस्ट पार्टी बुढानिलकण्ठ नगर कमिटिका अध्यक्ष रबिन अधिकारी , सचिव प्रदिप डंगोल ,वडा नं १० का अध्यक्ष नवराज भट्टराई ,वडा नं ११ का अध्यक्ष राजु अधिकारी ,वडा नं १२ का अध्यक्ष शम्भु भट्टराई , नगर कार्यपालिका सदस्य शान्ता ढकाल , न्यायिक समिति सदस्य भगवती निरौला , वडा नं १० का सदस्य चन्द्रमान श्रेष्ठ ,दिल कुमारी विक ,वडा नं १२ का सदस्य पुरुषोत्तम नेपाल लगायतको उपस्थितिमा भएको सो कार्यक्रममा तिन वडाका महिला समुह ,संघ संस्था तथा अन्य ब्यतिहरुको उपस्थिति रहेको थियो।

नेपाली जनताको प्रत्यक्ष संलग्नतामा निर्माण भएको संबिधान जारी भएको ऐतिहासिक दिनलाई सम्झना गर्दै भएको सो दिप प्रजवलन कार्यक्रमको व्यवस्थापन  नेकपा बुढानिलकण्ठ १० का अध्यक्ष जगत प्रसाद निरौला ,वडा नं ११ का अध्यक्ष हरिराम ढुंगाना ,वडा नं १२ का अध्यक्ष माधव प्रसाद भट्टराईले गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।