भुकम्प किन जान्छ र यसबाट कसरी बच्ने ?

भुकम्प किन जान्छ र यसबाट कसरी बच्ने ?

कपन अनलाइन

काठमाडौं ,भाद्र ३१ /मेनुका कार्की

खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रका लोकविजय अधिकारीका अनुसार बिहान ५:१९ मिनेटमा सिन्धुपाल्चोक केन्द्र बिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको हो| सबैभन्दा पहिले त भूकम्प भनेको भू र कम्प मिलेर बनेको यस शब्दले हामी सबैको मुटु थर्काएको छ ।

साधारण भाषामा भन्दा जमिन हल्लिनु अर्थात् जमिनको कम्पनलाई भूकम्प भनिन्छ । भूकम्प दुई प्रकारको हुन्छ । जमिन अगाडि­ पछाडी  हल्लिनु एउटा प्रकार हो, भने माथि­तल हुनु अर्को हो । यी दुईमध्ये माथि­ तल गरेर आउने भूकम्प धेरै विनाशकारी हुन्छ ।

भूकम्प एक प्राकृतिक प्रकोप हो । हामीले आफैँ भूकम्पको सिर्जना गर्न सक्दैनौँ अप्रिल २५, २०१५ अर्थात बैशाख १२, २०७२ ११:५६ बजे (नेपाली समय) गोर्खाको बरपाक गाउंमा इपिसेन्टर भएको ७.८ रेक्टर स्केलको भूकम्पको मुख्य धक्का महशुस गरियो । गोर्खामा उत्पति भएको भुकम्पका आफ्टरसकहरु दक्षिणपुर्वतर्फ सर्दै गएको देखिन्छ । जसले जमिनको धांजा दक्षिणपुर्वतर्फ फाट्दै गएको जनाउंछ । स्वभाविकरुपमा आफ्टरसकहरुको संख्या र तिव्रता घट्दै गएको छ तर यस्ता आफ्टरसकहरु एक महिनासम्म पनि जाने सम्भावना रहन्छ ।

यसरी आफ्टरसकहरु जांदा संचित भएको शक्ति निस्तेज हुंदै जान्छ र ठोक्किएका प्लेटहरु सन्तुलित अवस्थामा आउंदछन् । यस भूकम्पको हाइपोसेन्टर जमिनबाट करीब १५ किमि मात्र तल भएकोले प्रभावित क्षेत्रहरुमा धेरै क्षति भएको देखिन्छ ।

काठमान्डौ पहिले तालको पिंधमा रहेकोले यहांको माटो खुकुलो रहेको छ जसले गर्दा पनि भूकम्पको असर बढी भएको हो । भुकम्प किन जान्छ ? पृथ्वीको सतह वा क्रस्ट बिभिन्न महादिपहरुले बनेको छ जसलाइ भूगर्भ विज्ञानको भाषामा प्लेट पनि भनिन्छ । नेपाल भौगोलिक रुपमा भारतीय महादिप र एसियन महादिपको बिचमा अवस्थित छ । यि महादिपहरु तल रहेको म्यान्टलको माथिल्लो सतह तरल भएकाले त्यसमा तैरिरहेका हुन्छन् ।

तरल म्यान्टलमा ताप र चापको फरकले गर्दा कन्भेक्सन करेन्टहरु पैदा हुन्छन् जसले सतहमा तैरिरहेका महादिपहरुलाइ चलायमान बनाउंदछन् । यसलाइ बुझ्नको लागि एउटा उदाहरण लिन सकिन्छ । जब एउटा भांडोमा हामि पानी तताउंछौं तलपट्टिको चिसो पानी पहिले तात्छ र हलुका हुन्छ । हलुका भएको पानी माथि आउन खोज्छ र चिसो पानी तल गइ फेरी तात्छ । यसो हुंदा पानी भकभक गरी उम्लिएको देखिन्छ त्यसलाइ नै कन्भेक्सन करेन्ट भनिन्छ भूकम्पको पुर्वानुमान र सम्भावना साना साना भुकम्पहरु बेलाबेलामा गइरहे एकैचोटी ठुलो महाभूकम्प आउने खतरा कम हुने गर्छ किनकी त्यसो हुंदा प्लेटहरु एक आपसमा घिस्रिंदा संचित भएको शक्ति थोरै थोरै गर्दै निस्तेज हुन्छ ।

त्यसैले पछिल्लो भूकम्पले मध्य नेपालमा अब महाभूकम्प जाने सम्भावना केहि भएपनि घटेको छ । तर युनिभर्सिटी अफ कोलोराडोका भुगर्भविद् रजर विल्हामले प्रख्यात जोर्नल साइन्समा सन् २००१ मा प्रकाशित गरेको सोधपत्रले पश्चिम नेपालमा भने महाभूकम्पको खतरा अझै पनि उत्तिकै रहेको देखाउंछ । पुर्वी नेपालमा चाहिं सन् १९३४ को भूकम्पले गर्दा त्यस्तो महाभूकम्पको सम्भावना केहि कम भएको हो । तर नेपाल प्लेटहरुको सिमानामा रहेकोले यहां पछिल्लो महाभूकम्प भन्दा पनि ठुला भूकम्प जाने सम्भावनालाइ पनि नकार्न नसकिने कुरा बैज्ञानिकहरु बताउंछन् ।

साना साना भूकम्पहरु त यस क्षेत्रमा बारम्बार गइ नै रहन्छन् । भुकम्पको प्रक्रिया धेरै हदसम्म बुझिएको भएपनि पृथ्वीको बनावट अत्यन्तै जटिल भएकाले यसको भविष्यवाणी गर्न निकै कठिन छ । तथ्यांकशास्त्रका आधारमा यसको सम्भावना अनुमान गरिने गर्छ जुन पहिले भएका भूकम्पहरुको गणनामा आधारित हुने भएकोले ठ्याक्कै एकिन गर्न भने सकिंदैन । महाभूकम्पछिको पूर्व तयारी नेपाल जस्तै भूकम्पीय जोखिमको क्षेत्रमा भएर पनि जापानले भुकम्पीय सुरक्षाहरु अपनाएकाले त्यहां तुलनात्मक रुपमा निकै कम क्षति भएको पाइन्छ ।

जापानमा सन् २०११ मा ९ रेक्टर स्केलको भूकम्प जांदा पनि भूकम्प आंफैले त्यति क्षति पुर्याएन तर भूकम्पपछि आउने सुनामीले भने धेरै नै क्षति पुर्याएको पाइन्छ । नेपालको नजिक समुन्द्र नभएकोले सुनामीका चिन्ता भने रहेन । त्यसैले भवन तथा संरचना निर्माण गर्दा ध्यान दिन सके भुकम्पबाट हुने क्षति धेरै हदसम्म न्युनिकरण गर्न सकिन्छ । घर बनाउंदा भौगोलिक नक्शाहरुको अध्ययन गरी चट्टानी भुभाग माथि जग बनाउनु राम्रो हुन्छ ।

जस्तै पोखराको भौगोलिक बनावट खोक्रो तथा कमजोर भएकाले भुकम्प गएमा त्यहां धेरै क्षति हुने सम्भावना छ । अन्त्यमा, नेपाल लगायतका हिमाली क्षेत्रहरु टेक्टोनिकल्ली एक्टिभ अर्थात भूकम्पीय जोखिम भएका क्षेत्रहरु हुन् । त्यसैले नेपालमा भुकम्प जाने खतरा सधैं रहन्छ । भुकम्प आंफैले त्यति क्षति पुर्याउंदैन तर हामिले बनाएका कमजोर संरचनाहरु र आवश्यक पुर्वतयारीको अभावले गर्दा धेरै क्षति हुने गर्छ ।

हामीले अब तीन कुरामा ध्यान दियौं भने भुकम्पबाट हुने क्षतिलाइ धेरै हदसम्म न्युनिकरण गर्न सकिन्छ । पहिलो कुरा भवन तथा संरचनाहरु सकेसम्म हलुका तथा होचा बनाउने । दोस्रो ति संरचनाहरुको डिजाइन गर्दा लागत केहि बढी भएपनि भुकम्प प्रतिरोधात्मक बनाउन ध्यान दिनेर तेस्रो बिपत्ति संग जुध्न राष्ट्रिय तथा स्थानीय स्तरमा पुर्वतयारी गर्ने ।

(मेनुका कार्की  सुशासन र समृद्धिका लागि संचार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन् )

तपाइँको प्रतिक्रिया ।