सामुहिक पहलकदमी र एकीकृत प्रयासले कोरोना संक्रमणलाई रोक्न सकिन्छ :नगर प्रवक्ता मनोज कुमार ढुंगाना (गोकर्णेश्वर)

सामुहिक पहलकदमी र एकीकृत प्रयासले कोरोना संक्रमणलाई रोक्न सकिन्छ :नगर प्रवक्ता मनोज कुमार ढुंगाना (गोकर्णेश्वर)

कपन अनलाइन

काठमाडौं, भाद्र ३१ । गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष  मनोज कुमार ढुंगानाले निषेधाज्ञा खुकुलो भए पनि कोरोना संक्रमणको जोखिम बाट बच्न स्वास्थ्य सुरक्षाका माप दण्ड अपनाउन आम नगर तथा वडाबासी लाइ अपिल गरेका छन् ।

 कपन अनलाइन संग संक्षिप कुरा गर्दै ढुंगानाले निषेधाज्ञा खुल्यो भनेर हेलचेक्र्याइँ नगर्न बिना काम भिड भाडमा नजान ,जानै परे पनि स्वास्थ्य सुरक्षा सावधानी अपनाउन अनुरोध गर्दै घरबाहिर निस्कँदा अनिबार्य रुपमा सहि तरिकाले मास्क लगाउन  र सम्भव भएसम्म २ मिटरको दुरी कायम गरि बिशेष सतर्कता अपनाउन पनि अनुरोध गरेका छन्।उनले यो संक्रमण हेलचेग्राइ गर्ने बिषय नभएको भन्दै आम नगरबासीहरुलाई अत्यन्तै साबधानी पुर्बक सुरक्षित रहन अपिल गरेका छन  ।

उनले सक्रमितलाइ समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनु आवश्यक भएको बताउदै  यदि कोहि संक्रमित भई हाले पनि संक्रमित र निजको परिवारलाइ घृणाको दृष्टिले नहेर्न उनले अनुरोध गरेका छन । उनले कोरोना जो सुकैलाई लाग्न सक्ने हुँदा सद्द्भाब कायम गर्न, संक्रमितलाइ माया स्नेह प्रदान गरि उनीहरुको मनोबल उच्च बनाउने कार्य गर्नु पर्नेमा जोड दिएका छन। सबै नगरवासीको सामुहिक पहलकदमी र एकीकृत प्रयासले मात्र कोरोना संक्रमणलाई रोक्न सकिने भन्दै नगर  प्रवक्ता ढुंगानाले कोरोना बाट त्रसित नभई सुरक्षित रहदै स्वास्थ्य माप दण्डलाइ पालना गर्न अनुरोध गरेका छन।

तपाइँको प्रतिक्रिया ।