नेशनल प्याब्सन काठमाण्डौको उपत्यकाव्यापी अनलाईन कविता वाचन प्रतियोगीता सम्पन्न

नेशनल प्याब्सन काठमाण्डौको उपत्यकाव्यापी अनलाईन कविता वाचन प्रतियोगीता सम्पन्न
कपन अनलाइन
काठमाडौं ,भाद्र २८।
नेशनल प्याब्सन काठमाण्डौले आयोजना गरेको उपत्यकाव्यापी अनलाईन कविता वाचन प्रतियोगीता २०७७ सम्पन्न भएको छ।
भाद्र २७ गते शनिवार भएको सो  कार्यक्रमका प्रमुख अतिथी प्राज्ञ जीवेन्द्र देव गिरी रहेका थिए भने नेशनल प्याब्सन राष्ट्रिय अध्यक्ष रितु सापकोटा,महासचिव सुवाष न्यौपाने र वरिष्ठ सल्लाहकार कर्ण बहादुर शाही लगायतले कार्यक्रम सफलताको  शुभकामना दिएका थिए।
नेसनल प्याब्सन  काठमाण्डौका  अध्यक्ष  खड्क बहादुर बस्नेतको अध्यक्षता र सचिव  अमृत खड्काको संचालनमा भएको सो  कार्यक्रममा   कार्यक्रम संयोजक तथा एनप्याब्सन जिल्लाका सह-कोषाध्यक्ष  प्रेम कुमार भुजेलले स्वागत मन्तब्य राखेका थिए।
 पचास भन्दा बढी विद्यालयहरु बाट  सत्तरी भन्दाबढी सहभागी रहेको सो प्रतियोगितामा  प्रथम क्रिस्मादा भट्ट कक्षा-६ ( ज्ञानभूमि स्कुल),  द्वितीय  श्रेया दाहाल कक्षा-७( न्यू भिजन स्कुल)   र तृतीय सुस्मिता सापकोटा कक्षा-१०( ग्रिन फिल्ड स्कुल) भएका थिए।
सो प्रतियोगितामा वाल्मीकि क्याम्पसका क्याम्पस प्रमुख सहप्राध्यापक डा. गणेशप्रसाद घिमिरे तथा सोही क्याम्पसका उपप्राध्यापक डा. माधवप्रसाद लामिछानेले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
तपाइँको प्रतिक्रिया ।