जिल्ला जनगणतान्त्रिक सम्पर्क मन्चले  MCC विरुद्द माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने

जिल्ला जनगणतान्त्रिक सम्पर्क मन्चले  MCC विरुद्द  माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने

कपन अनलाइन

काठमाडौं ,भाद्र २८।

जिल्ला जनगणतान्त्रिक सम्पर्क मन्चले  MCC विरुद्द माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने भएको छ।

जिल्ला जनगणतान्त्रिक सम्पर्क मन्च, केन्द्रिय समितिको बैठक मन्चका केन्द्रिय संयोजक विष्णु खड्काको अध्यक्षतामा सम्पन्न भएको छ । सो बैठकमा मञ्चको आगामी नीति कार्यक्रमको विषयमा छलफल हुनुका साथै कोरोना भाइरसका कारण सरकारले जारी गरेको लकडाउन र निषेधाज्ञाले गरिब, किसान र मजदुर माथि परेको आम समस्याको विषयमा पनि छलफल भएको थियो  ।

त्यस्तै लकडाउनले आक्रान्त बनेका जनतालाई राहत दिनुको सट्टा सत्ताधारी नेकपाले अमेरिकी साम्राज्यवादको ग्राण्ड डिजाइनमा राष्ट्रघाती MCC पास गर्ने निर्णय गर्नु राष्ट्र र जनताको लागि दुर्भाग्यपूर्ण रहेको ठहर गर्दै उक्त राष्ट्रघाती MCC सम्झौताको विरुद्द असोज ४ गते माइतीघर मण्डलामा विशाल विरोध प्रदर्शन गर्ने निर्णय गरेको मंचले जानकारी दिएको छ  ।

संगठन विस्तार अभियानलाई तिव्र बनाउने निर्णय गरेको बैठकमा मन्चका सातै प्रदेशका प्रदेश संयोजकहरुले आआफ्ना रिपोर्टिङहरु केन्द्रित  गरेका थिए। बैठकमा पार्टीका केन्द्रिय सदस्य वसन्तको विशेष उपस्थिति रहेको थियो।

तपाइँको प्रतिक्रिया ।