महाकाव्यकार चन्द्रप्रसाद न्यौपानेलाई छन्द–साधना पुरस्कार–२०७७

महाकाव्यकार चन्द्रप्रसाद न्यौपानेलाई छन्द–साधना पुरस्कार–२०७७

कपन अनलाइन

काठमाडौं ,भाद्र २२।

यस वर्षको  छन्द–साधना पुरस्कार–२०७७ महाकाव्यकार चन्द्रप्रसाद न्यौपानेलाई प्रदान गर्ने निर्णय गरेको छ। ‘छन्द–तरङ्ग’ले २०७६बाट हरेक वर्ष छन्दकविताका एक जना विशिष्ट साधकलाई प्रदानगर्दै आएको ‘छन्दसाधना पुरस्कार–२०७७’ सिन्धुपाल्चोकका कवि, नेपाली छन्दकविताका अथक साधक महाकाव्यकार चन्द्रप्रसादन्यौपानेलाई प्रदानगर्ने निर्णय गरेको हो ।

नेपाली काव्यको इतिहासमा नै शास्त्रीय छन्दका ५५ हजार श्लोकको बृहत्तर महाकाव्य ‘चन्द्रयुग’को लेखन र प्रकाशनका साथै १० वटामहाकाव्य, १० वटा खण्डकाव्य, सयौँ फुटकर कविताहरूको प्रकाशन र प्राथमिककाल देखि हालसम्मका समग्र छन्दोबद्ध कृतिहरूको अध्ययन र विश्लेषणका साथै नेपाली भाषामा शास्त्रीय छन्दका सयौँ प्रकारहरूको प्रयोग गरी कविता सिर्जना गरेर नेपाली छन्द कविताको इतिहासमा अतुलनीय योगदान  दिए बापत कवि चन्द्रप्रसाद न्यौपानेलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

न्यौपानेलाई  नगद रु. २५,००० रप्रमाण–पत्र रहेको उक्त पुरस्कार वातावरण सहजहुना साथ एक विशेष कार्यक्रमको आयोजना गरी प्रदान गरिने  आयोजकले जानकारी दिएको छ।

नेपाली छन्द कवितामा स्तरीकरण तथा मानकीकरण अभियानको घोषणा सहित रामप्रसाद ज्ञवाली र देवी नेपालको सिर्जनात्मक सहयात्राले दुई दशक पूरा गरेको अवसरमा मिति २०७५ भदौ २२ गतेबाट सुरु गरिएको ‘छन्द–तरङ्ग’ले आफ्नो दुईवर्षे यात्रा पूरा गरेको छ ।

काठमाडौँको वानेश्वर थापागाउँमा रहेको लेखनकुञ्जमा हरेक महिनाको तेस्रो शुक्रवार फरक फरक पुस्ताका तीनजना कविका पाँचपाँच ओटा कविता प्रस्तुत गर्ने गरी सञ्चालनहुँदै आएको नेपाली कविताको इतिहासमा नै ऐतिहासिक महत्त्व राख्ने सशुल्क छन्दकविता श्रवणको मासिक कार्यक्रम १९ औँ शृङ्खला सम्म अनवरत रूपमा सञ्चालन भएर विश्वव्यापी महामारीका रूपमा फैलिएको कोराना (कोभिड–१९) काकारण गतः चैत्र महिनादेखि स्थगित रहेको छ  ।

 

 

तपाइँको प्रतिक्रिया ।