कोरोना संक्रमितहरुको घर घरमा तारकेश्वर नगरपालिकाका जनप्रतिनिधिहरु

कोरोना संक्रमितहरुको घर घरमा तारकेश्वर नगरपालिकाका जनप्रतिनिधिहरु

कपन अनलाइन

काठमाडौं ,भाद्र २२।

तारकेश्वर नगरपालिकाले होम आइसोलेसनमा रहेका नगरभित्रका कोरोना संक्रमितहरुलाई घरमा नै पुगेर  ५ हजार भत्ता वितरण गर्न थालेको छ ।

तारकेश्वर  नगरपालिकाका  प्रमुख रामेश्वर बोहोरा, उपप्रमुख भवानी डोटेल, प्रमुख कार्यकारी अधिकृत शिवप्रसाल लम्साल लगायतले आज नगरका विभिन्न क्षेत्रमा पुगेर संक्रमितहरुलाई भत्ता र स्वास्थ्य सामाग्री वितरण कार्यको  आरम्भ गरेका हुन् ।

नगरका प्रमुख लगायत पदाधिकारीले तानपा वडा नं १० को शिवनगरको एकै घरमा रहेका ५ जना कोरोना संक्रमितलाई जनही पाँच हजार रुपैयाँ,  मास्क, स्यानिटाइजर, भिटामिन सी लगायत स्वास्थ्य सामाग्री वितरण गरेका थिए  ।

उक्त अवसरमा नगर  प्रमुख बोहोराले कोभिड १९ को संक्रमण भएर गम्भीर लक्षण नदेखिएकाहरुलाई होम आइसोलेसन नै उपयुक्त हुनेभन्दै सबै कोरोना संक्रमितहरुको साथमा नगरपालिका रहेको बताएका छन। त्यस्तै  सो अवसरमा नगरका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालले बिरामीहरुलाई उच्च मनोबलका साथ बस्न सुझाव दिएका थिए ।

नगर कार्यपालिकाको  निर्णय अनुसार नगरले संक्रमित नगरबासीलाई पोषण भत्ता र स्वास्थ्य सामाग्री वितरण गर्न थालेको हो।

 

तपाइँको प्रतिक्रिया ।