कोरोना संक्रमित हुनु अपराध होइन तसर्थ हेला नभई हौसला बढाउ :राजिब थापा वडा अध्यक्ष (गोकर्णेश्वर -९ )

कोरोना संक्रमित हुनु अपराध होइन तसर्थ हेला नभई हौसला बढाउ :राजिब थापा वडा अध्यक्ष (गोकर्णेश्वर -९ )

कपन अनलाइन

काठमाडौँ, भाद्र १७ ।कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या दिनदिनै बढ्दै गईरहेको अवस्थामा यसको न्युनिकरणका लागि जनता आफैं सचेत  र संयम हुन गोकर्णेश्वर  नगरपालिका वडा नं ९  का वडा अध्यक्ष  राजिव थापाले सार्वजनिक सुचना मार्फत  वडा वासिमा आग्रह गरेका छन।सरकारले मात्रै कोरोना रोकथाम तथा नियन्त्रणका लागि काम गरेर नहुने बताउँदै थापाले  सबै नागरिकहरु आफै सचेत र सजग हुन आवश्यक रहेको बताए ।

उनले कोरोना संक्रमण जो कोहीलाई पनि हुन सक्ने हुँदा सक्रमितलाइ समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनु आवश्यक भएको बताउदै यदि कोहि संक्रमित भई हाले पनि संक्रमित र उनको परिवारलाइ गलत दृष्टिले नहेर्न आग्रह गरेका छन्। उनले संक्रमित हुनु कुनै अपराध होइन भन्दै सक्रमित व्यक्तिलाई हेला नभई हौसला प्रदान गर्न समेत अनुरोध गरेका छन् ।

पटक पटक माइकिङ गरेर सचेत गराउँदा पनि मर्निङ वाक र  एभनिङ वाक भन्दै हिँडेनेहरुलाई अहिले   लापरवाही गर्ने समय नभएको भन्दै अध्यक्ष थापाले सानो भूलले ठूलो समस्या पर्ने भएकोले  पहिले आफैं सचेत बन्न र अरुलाई समेत सचेत गराउन आग्रह गरेका हुन् ।

संक्रमण जो कसैलाई पनि हुने भएकोले सामाजिक दूरी कायम गर्ने, बारम्बार हात धुने तथा स्यानिटाइजरको प्रयोग गर्ने, मास्क लगाउने जस्ता कुरामा झन् धेरै ध्यान दिनु पर्ने भन्दै अध्यक्ष थापाले   कोरोना रोकथामको लागि सरकारले लगाएको निषेधाज्ञा पूर्णरुपमा पालना गर्न अत्यावश्यक काम नपर्दासम्म घरबाट बाहिर ननिस्कन अनुरोध गरेका  छन ।

उनलेकोरोना रोकथामको लागि  अग्र पंक्तिमा रहेर  काम गर्ने स्वास्थ्यकर्मी तथा ब्यक्तिहरुको सम्मान गर्न अनुरोध गर्दै संक्रमणको आशंका भएमा यथाशिघ्र होम आइसोलेसनमा बसी वडा कार्यलयलाइ जानकारी गराउन समेत अनुरोध गरेका छन् ।

 

 

तपाइँको प्रतिक्रिया ।