लायन्स क्लब अफ काठमाडौं मणिचूड र सक्वमी युवा क्लबको निशुल्क भोजन अभियान
कपन अनलाइन
काठमाडौं भाद्र १७ । लायन्स क्लब अफ काठमाडौं मणिचूड र सक्वमी युवा क्लबले काठमाडौंका विभिन्न स्थानमा गरि २ सय ५० जना लाई नि: शुल्क खाना खुवाएका छन। लायन्स क्लब अफ काठमाडौं मणिचुडका अध्यक्ष रोनिल डंगोलका अनुसार कोरोना भाइरसका कारण सरकार द्वारा जारि गरेको निषेधाज्ञाको कारण दैनिक ज्याला मजदुरी गरि खानेहरुलाइ प्रत्यक्ष असर परेको हुँदा उनीहरु लाई केही राहत होस् भनेर सहयोग स्वरुप खाना खुवाउने काम गरेको जानकारी गराए।
गुहेश्वरी, बसन्तपुर, स्वयम्भू र सोह्रखुट्टे लगायतका स्थानमा समस्यामा परेका करिब २ सय ५० मजदुरहरु लाई खाना खुवाउने काम गरिएको बताउदै आगामी दिनमा पनि उक्त कार्यलाई निरन्तरता दिने उनले बताए।
फोटो: शंखरापुर न्युज
तपाइँको प्रतिक्रिया ।