कृष्ण जन्म एक अपरिहार्यता
कपन अनलाइन
काठमाडौं ,भाद्र १२ /गंगा लिगल
कृष्ण जन्मजगमा एक अपरिहार्यता
मानवमाथिको अत्याचार र निर्दयता
निर्मूल पारेर उज्वलपार्नु थियो जग
अनि सबमाबीज रोप्नु थियो सौहाद्र्रता
कृष्ण जन्माष्टमी भन्नु नै श्रीकृष्णको जन्मदिन अष्टमी तिथिभाद्र महिनामाआवश्यकतालाई मध्यनजरले गर्दा यो अपरिहार्यता अत्यन्त आवश्यकता मध्ये एक थियो संसारमा । धर्मशास्त्र अनुसार युगलाई ४ भागमा बाँडेर सोही समय अनुकुलको जन्मभर क्रियाकलापलाई अध्ययनको रुपमा राखि समय अनुसारको जन्मलाई विशेष महत्वदर्शाउने कार्य गरेको पाइन्छ । त्यो पनि जन्मने विशेष व्यक्तिको आफ्नो दक्षता क्षमता र पुरुषार्थको मूल्यांकन अनुसार उसको बहुमूल्यतालाई एक आदर्शको दर्शनीय खातामा राखेर एउटा सुन्दर र बहुमूल्य नमुनाको रुपमा उसलाई स्थान दिन कार्यहरू गरिने गर्दछन् ।
४ युगमा(१) सत्य (२) त्रेता (३) द्वापर (४) कलि सत्य युगमा शिवजीलाई मान्यता दिइएको छ भने त्रेतामा राम, द्वापरमा कृष्ण, अनि कलिमा कल्कीअवतार या बुद्ध को अवतार पनि ।
यसरी हिन्दु परंपरामा युगयुगमा विष्णुले अवतार लिएकायुग पुरुषहरुको पुरुषार्थ वर्णन पाइन्छ । मोक्ष प्राप्तिको कामना गरेर जपतप यज्ञ होम व्रत आदि विधिहरु समय समयमा जनमानसमा प्रसारित भै रहनेले गर्दा त्यसको स्मरण गर्दै आफ्ना कर्तव्यहरु निभाउनुका साथै संसारलाई अनुशासनको पाठमात्र नभएर आफूले पाएको विद्घतताद्वारा संसारलाई असलमार्ग दर्शन गराउने कार्य अविछिन्न रुपले गर्दै आएको इतिहास पनि पाइन्छ ।
भाद्र कृष्णपक्ष अष्टमी रातको १२ बजे मथुराको राजाकंशको जेलमा वासुदेवकी पत्नी देवकीको गर्भबाट १६ कलाले युक्त भगवान् श्रीकृष्णको जन्मभएको थियो । यस तिथिलाई रोहिणी नक्षत्र भनियो । यसको विशेष महात्म्य भएको कुरा शास्त्रले पनि वर्णन गरेको पाइन्छ । यो दिन सारा हिन्दू देशको सम्पूर्ण मन्दिरहरूलाई सिंगारेर कृष्णावतारको उपलक्ष्यमा झाँकी तयार गरी श्रीकृष्ण भगवान्लाई षोडषपचारले श्रृंगार गरी झुलालाई सजाइन्छ । स्त्री–पुरुष रातको १२ बजेसम्म ब्रत बसि पूजागर्दछन् । रातको १२ बजे पछि घण्टी शंखको आवाजले श्रीकृष्ण जन्मको खबर चारैतिर गुञ्जन्छ त्यसपछि कृष्णलाई आरती हुन्छ अनि प्रसाद वितरण गरी अत्यन्त खुशीयाली मनाएर प्रसाद वितरण र ब्रतको पारण गर्ने चलन छ ।
कृष्ण जन्मयुग पुरुषको रुपमा भएको कुरा शास्त्रले वर्णन गरेको छ उनको खुशीयाली सँग तीज पनि अति महत्वपूर्ण मानिन्छ । तीज कृष्णको न्वारन दिन भएकोले महिलाहरू व्रत लीइ धुमधामले पूजाआजा नाचगान गर्दछन् भने एक दिन अगाडि खुशीयालीको उपलक्ष्यमा“दर खाने” कार्यक्रम गरिन्छ । सो दिन महिलाहरू एकजूट भै विशेष स्थानमा रातो राम्रो सारी गरगहना सहित उपस्थित भएर धुमधामले नाचगान गरेर खानपान (मिठा पक्वान)का साथै रमाइलो वातावरणमा समापन गर्दछन् ।
यो समयलाई अत्यन्त खुशीको समय भनेर धर्म शास्त्रले पनि मान्यता दिएको छ तीजको सन्दर्भ नै कृष्ण जन्मको महत्व र खुशीबाट प्रारम्भ भएको छ । त्यसैले नारीहरूको खुशीयालीलाई लिएर धर्मशास्त्रले पनि भनेको छ – ‘यत्र नारी रमन्ते, तत्र तिष्ठन्ति देवता ।’ (जहाँ नारीहरु रमाउँछन् त्यहीं भगवान्को बास हुन्छ ।)
कृष्ण जन्मेदेखि तीजपञ्चमी सम्मको पूजा आजा महिलाहरू आफ्ना पतिको चिरायुको लागि र सम्पूर्ण परिवारको सुख र समृद्घिको लागि गर्दछन् । यसैबाट स्पष्ट हुन्छ नारीहरू आफ्नो परिवारको लागि मात्र नभएर देशको शुभचिन्तक हुन् । कृष्ण जन्मदेखि तीज सम्मको पूजाअर्चना अनेक विधानले कृष्णको (विष्णु) साथै शिवपार्वतीको हृदयदेखि हर्षित र उत्साह र मान्यतालाई अग्रसर गरि पूजा अर्चना गर्दछन् ।दयालु भगवान शिव र माता पार्वतीको नारी प्रतिको प्रेमलगावले भव्य आशीर्वाद पनि प्राप्त हुन्छ भन्ने मान्यतालाई मध्यनजर राखिहिन्दु संस्कृतिको यो परम्परा आजसम्म अविरल रुपले प्रवाहितभएको छ । भगवान् कृष्णले आफ्नो समयमा संसारमा भएका दुःख दरिद्रता हटाउन धेरै कामहरु गरे । उनको सबैभन्दा ठूलो कार्य हो “भगवत् गीता”को प्रदुर्भाव – त्यसैले भनिन्छ – ‘गीता सुगीताकर्तव्याकिमन्यै शास्त्र संग्रहै या स्वयं पद्य नाभस्यमुखपद्विरिनीश्रृता ।’यो अनगिन्ती संसारको आवश्यकताको खजाना हो । यो सम्पूर्ण शास्त्रको सङ्ग्रहको मूल हो । यो गीता श्रीकृष्णको मुखार विन्दुबाट निस्केर भगवान् वेदव्यासले लेखेका हुन् ।
यदायदाहीधर्मस्य ग्लानिर्भवतिभारत
अभ्युथानाम् धर्मस्य तदात्मानामश्रृजाम्यहम्
परित्राणाय साधुनाम् विनाशायथ्यदुश्कृतम्
धर्म संस्थार्पनार्थाय संभवानीयुगे युगे ।
जब जब संसारमा धर्मको नाशहुँदै जान्छ र दुर्जनको संख्या बढेर सज्जनहरूको नाश गर्न खोज्छ त्यति बेला यो संसारमा मैले जन्मलिएर दुर्जनहरुलाई नाश गरि सज्जनलाई बचाएर धर्मको संरक्षण र स्थापना गर्दछु । भागवतगीता एउटा यस्तो सुन्दर रचना हो जसमा संसारका सबै विषय धार्मिक मात्र नभएर, सामाजिक, राजनीतिका, आर्थिक सम्पूर्ण कुराहरु यस्मा वर्णित छन् ।
धर्म रअध्यात्मको त यो मूल विषय नै भए यो गीता १८ अध्यायको छ यसलाई श्रीकृष्णको मुखार विन्दबाट निस्केर व्यासजीले लेखेका हुन् । सम्पूर्ण जगतलाई हुने ज्ञानवर्धक कुराहरू यसमा समावेश गरिएकोले यस्लाई संसारले मानेका छन् । यो सबभन्दा पुरानो हिन्दु धर्म शास्त्र हो । साथै संसारको पहिलो धर्म शास्त्र पनि हो । विस्तारै अरु धर्महरु यसैबाट निश्रृत भएका हुन त्यसैले संसारको प्रथम धर्म शास्त्रगीता भनि संसारलाई चिनाएको छ ।यो त ज्ञानको त खानी नै छ ।जस्ले यसबाट ज्ञान लिन सक्छ त्यो महान हो । यो गीताले खास कुरा के भन्छ भने –
नानाशास्त्र पठेत लोके, नाना देवतपूजनम्
आत्म ज्ञान विनापार्थ सर्व कर्म निरर्थक
धेरै धेरै शास्त्रहरु पढेर मानिसहरु आफूलाई विद्वान ठान्दछन् । धेरै देवताहरु पूजा गरेर आफूलाई धर्मात्मा ठान्छन् गर्व गर्दछन् तर त्यसो होइन व्यक्तिले दर्शन गरेर मात्र ज्ञानी धर्मात्मा हुन सक्दैन जबसम्म व्यक्तिले व्यक्तिबाट उचित ज्ञान लिन सक्दैन त्यो सबै निरर्थक हुन्छ त्यसैले साने कुराबाट पनिउचित ज्ञान लिन सक्नु विद्वताको निशानी हो । यस्ता आदर्श ज्ञानहरु गीताबाट प्राप्त हुन्छन् ।
उनले सत्यलाई सदा अटल मात्र नभएर संसारमा यसको प्रवाह अविरल राख्न जोड दिएका छन् । असत्य का प्रतिकदानवी गुण भएकाआफ्नै मामाकंशलाई समत आफैले नाश गर्नु पर्यो किनकी यस्ता दानवी भावनालाई संसारमा रहन दियो भने संसार एक दिन ध्वस्त हुन सक्छ । श्री कृष्णले गीतामा पवित्र प्रेम एउटा ईश्वरको रुप हो भनिअति सुन्दर रुपले वर्णन गरेका छन् । भगवान भोको भनेको पवित्र प्रेमको मात्र हो । तसर्थ उनी भन्छन् मानव मानवमा पवित्र प्रेमलाई उजागर गर यस्ले संसार सुखमय बन्दछ र स्वर्ग खोज्न कहि जानु पर्दैन स्वर्ग यहि धर्तीमा प्राप्त हुन्छ । यसको लागि सबभन्दा ठूलो कुरा हो एक आपसमा विश्वास विश्वासिल पवित्र प्रेमलाई गाढा बनाउछ जहाँ सुखै हुन्छ ।
जहाँविश्वास छ त्यहाँ प्रेम छ
जहाँ प्रेम छ त्यहाँशान्ति छ
जहाँशान्ति छ त्यहाँ सत्य छ
जहाँ सत्य छ त्यहाँइश्वर छन्
जहाँईश्वर छन् त्यहाँआनन्दै आनन्द छ
आनन्द प्राप्त केवल विश्वासबाट प्राप्त हुन्छ । विश्वासको घडामा प्रेम हुन्छ, प्रेमले शान्ति निम्त्याउँछ, शान्तिले सत्य, सत्यले ईश्वरलाई भेट्न मौका दिन्छ । ईश्वर जहाँ छन् त्यहाँ केवलआनन्दै आनन्द प्राप्त हुन्छ । तसर्थ पवित्र प्रेममै संसार अडेको हुनाले यसलाई प्रेममय बनाउन मानव प्रयत्नशील हुनुपर्छ जहाँ ज्ञानको त खानी हुन्छ ।
४ वेदहरूको मूल पनि गीता नै हो (१) क्रृग्वेद (२) साम वेद (३) यजुर्वेद (४) अथर्ववेद । यी सबै वेदहरु अत्यन्त उपयोगी हुन् । यस्मा सम्पूर्ण भगवानका विषयमा वर्णित छन् । जपतप, यज्ञ, पूजा, ध्यान, उपासना, नियम आदि सम्पूर्ण कुराहरुलाई उपयोगीताको मूल बनाएर यस भित्र सहजतरिकाले अध्ययन योग्यबनाइएको छ । यस्को अध्ययनबाट धेरै कुराको ज्ञान अनुभव बटुल्न सकिन्छ । यस्मा धार्मिक, आध्यात्मिक कुरा मात्र नभएर देशको राजनीति, समाज, अर्थ सम्बन्धि विषय पनि समावेस गरिएको छ ।
श्री कृष्ण दयाका त सागर नै हुन् । धर्म र सज्जनलाई बचाउन उनले ठूलो त्याग र तपस्या गरेको कथा महाभारतमा पाइन्छ । पान्चाली या द्रौपदीले कृष्णलार्ई दाजु बनाएकाथिए । लडाइँमा कृष्णलाई चोट लाग्दा आफ्नो सारीको आँचल च्यातेर पट्टि लगाई सुगम बनाएपछि दाजु बहिनीको नाता जोडिएको थियो । समयको बहाव र अन्तरालभित्र अनेकौं घटनाहरु घट्न गए कौरव श्रेष्ठ पुत्र दुर्योधनले आफ्नो दुष्ट मतिलाई प्रदर्शन गर्दा उनका भाइ दुष्सासन र दुर्योधन मिलेर द्रौपदीको चिर हरण गर्दा द्रौपदीले आफ्नो दाजु कृष्णको आहवान गरे सुन्ने वित्तिकै आएर दुष्टबाट आफ्नो बहिनीको इज्जत बचाएका थिए । श्री कृष्णले यस्ता अनेकन दुष्टहरुलाई मार्नको लागि विविध उपाय गरि जनमानसमा शान्ति प्रदान गरेका उनको एक थिए । तसर्थ भनिन्छ उनको अपरिहार्यताको नाम हो ।
भागवतगीतामा ३ वटा योगलाई धेरै महत्वदिइएको छ । (१)कर्म योग (२) ज्ञान योग (३) भक्ति योग । यीयोगको पालनाले मानवको जीवन पर्यन्त अत्यन्त आनन्दमय बनाएर सहज तरिकाले मुक्तिको मार्ग खुल्दछ भन्ने उक्ति पाइन्छ । त्यसमध्ये योग त अत्यन्त उपयोगी तत्व हो जस्ले जीवनलाई मृत्यु पछि पनि जीवन्त रहने मौका प्रदानगर्दछ । शास्त्रमा मानवलाई भक्ति योग अत्यन्त फलदायक बताएको छ तर यो गर्न गाहो पनि छ । यस्मा जपतप ध्यान त्यसमाथि जंगलमा बसेर निरन्तर तपस्या गर्ने भन्ने कुरा सानो होइन । यो अवध्य छ यस अवध्यताबाट सरल तरिकाबाट मुक्ति को बाटो पनि त प्राप्त गर्न सकिन्छ तर मनलाई कठोर गरेर दृढ संकल्पका साथनिश्चित स्थानमा रहेर प्रत्येक दिननदीमा स्नान गरि नियमवद्ध रुपले भक्तिमार्गलाई अपनाउन सकेमा सहज तरिकाले यो सम्पन्न गर्न सकिन्छ । तर गीताको अर्को उपदेश अनुसार मानिसले सहज तरिकाले यी कार्यहरु घरैमै बसि पनि सम्पन्न गर्न सकछन् । सबभन्दा ठूलो मनको दृढता हो संयम हो मन स्थीरता हो ।
यो गर्न इन्द्रियलाई शान्त र अधिन राखेर आफूले घरैमा बसिकन दृढ संकल्पलाई हतियार बनाई कटिवद्ध भै नियमपूर्वक आफ्नो कार्यलाई सम्पादन गर्नु भनेको महानकार्य हो । यस विषयमा श्री कृष्ण अत्यन्त उदार हुनु भएको छ । यदि प्रेमी भक्तहरुले गृहस्थ मै बसी यस यज्ञ समानको कार्यलाई सम्पादन गरि पूर्ण गर्न सकेको खण्डमा उस्को सारा पाप नास भै यस लोकमा सुख शान्ति प्राप्त गरी मूक्तिको भागी बन्न सक्छ ।
त्यो व्यक्ति महान हो जो परिवारिक झमेलामा बसेर पनि मुक्तिको बाटो बनाउन सक्नु भनेको अति महान कार्य हो । श्री कृष्णको उपदेश यस्ता विधिबाट गर्न सके सफल हुनु महानताको पराकाष्ठा हो । अर्को कुरा श्री कृष्णले भागवत गीतामा सत्संगलाई बडा जोड दिएका छन् । त्यसैले भनिएको छ–
“विनासत्संग विवेक न होई
रामकृपाविना सुलभ न सोई ।”
सत्संग एउटा यस्तो माध्यमहो जस्ले मानिसलाई योग्य धार्मिक, ज्ञानी सुसंस्कृत बनाउन जोड दिन्छ आफूमा भएको नराम्रा धारणालाई पन्छाई असल योग्य कुराको छनौट गरि जीवनजीवन सहजमय र सुखमय बनाउन ठूलो सहयोग पुर्याउछ। सत्संगमाअसल मान्छेका जमात हुन्छ जहाँ असल कुरा, ज्ञान धारा प्रवाह, अनगिन्ती भगवतनाम स्मरण आदिले गर्दा सारै मन शरीर चंगा भै असल र दैवत्वतिरको आकर्षण बढी हुन्छ जस्ले हामीलाई ज्ञानद्वीपको रुपमा सहयोग दिन्छ । तसर्थ सम्पूर्ण अद्वितीय ज्ञान गुणका कुराको संयोग हो भागवत गीता । यसलाई मनन चिन्तन र हृदयंगम गर्न सक्नु भनेको अत्यन्त ठूलो र गरिमामय कुरा हो । यसरी यी सम्पूर्ण कुराहरुको अध्ययन गर्ने मौका यही भागवतगीताले हामीलाई दिएको छ ।
यसको अध्ययनले भक्तिमार्गको प्रदर्शन गर्दछ साथै सामाजिक जीवन सुखमय भै परलोकको मोक्षलाई प्राप्त गर्न सकिन्छ । यसरी श्रीकृष्णको अपरिहार्यता संसारमा भएकोले उनको संसारमा पदार्पण भएर संसारलाई असल कुराको दर्पण बनेर असल ज्ञानीजनलाई दुष्टको संहारबाट बचाई यसै लोकलाई स्वर्गको आनन्द दिलाए भने दुष्टहरुलाई सदाको लागिनाश गरि असल मान्छेको विजारोपण गर्ने विविध उपाय ज्ञान र मार्गहरु प्रदर्शन गरे । उपरोक्त विविध कुराहरुले कृष्ण मानव रुपमा जन्मेर आज हामी भगवानको रुपमा उनलाई मान्छौ आजउनको शरीर यो संसारमा छैन तर जो व्यक्तिले संसारमा असल काम गरि संसारमा आफ्नो जीवन्त अस्तित्व छोडेर जान्छ आज उनलाई देवताको रुपमा चीर स्मरण गरि मनाउन सबै उत्सुक र खुशी छन् ।
कृष्ण अष्टमीको दिनमा झूलामा राखी पूजा गरी अनेक सजावटका साथ झूलाझूलाउने चलन छ । यो अत्यन्त रोचक, रमणीयताले पूर्ण र खुशीयाली वातावरणमा मनाइने यो दिन महिलाहरु व्रत बसेर कृष्ण साथै शिवपार्वतीको धूमधामले पूजाअर्चना गरी रातको १२ बजे आरती गरि प्रसाद वितरण गरि आफूलाई कृतार्थ ठान्दछन् । यसरी यो पर्व श्री कृष्ण अष्टमी अत्यन्तहर्ष उल्लासका साथ सम्पन्न हुन्छ । हरेक कृष्ण मन्दिर र शिवमन्दिरमा मान्छेको घुइचो लागेको हुन्छ यसरी मनाइने यस पर्वले हिन्दु संस्कृतीलाई सदा जीवन्त राखेर सबैलाई आत्म संतुष्टि प्रदान गरेको छ । सबै मानवमा कृष्ण जन्मेका अपरिहार्यता संसारमा अत्यन्त आवश्यक थियो भन्ने कुरा सबैले बुझेर यस विषयमा मन, चिन्तन र हृदयंगम गर्न सफलभएका छन् ।
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक