कोरोना प्रकोप नियन्त्रणका लागि यस्तो छ बुढानिलकण्ठ -७ को तयारी

कोरोना प्रकोप नियन्त्रणका लागि यस्तो छ बुढानिलकण्ठ -७ को तयारी

कपन अनलाइन

काठमाडौं ,भाद्र १२ /प्रनेल महर्जन

कोरोना प्रकोप नियन्त्रण र रोकथामका लागि स्थानीय तहका वडाहरुले गरिरहेका कामहरुको वारेमा समाचार संकलन गर्ने क्रममा वडा नं ७ का अध्यक्ष महर्जनले वडा नं ७ ले  प्रकोप नियन्त्रण र  रोकथामको लागि धेरै नै प्रयास गरेको बताएका छन।

उनले यस लकडाउनलाई प्रभावकारी बनाउन आफ्नो टिमले हदै सम्म कदम चालेको र अति आवश्यक नेपाल सरकारको नियम पालना गराउँदै पसलहरु समय अवधि भित्र मात्र खोल्ने र बन्द गराउने, साथै मानिसहरुको भिडभाड कम गराई सावधानीपूर्वक तोकिएको समयभित्र अति आवश्यक किनमेल गर्न र गराउने सबै व्यापारीलाई सुचित गरिएको र सबै जनप्रतिनिधि आ-आफ्नो क्षेत्रमा कडाईका साथ अनुगमन गर्ने गरेको वताएका छन  ।

चिया पसल, रेष्टुरेन्ट, होटल, खाजाघर सबै अनिवार्य रुपमा बन्दै गराईएको जानकारी दिदै संक्रमितको बढ्दो क्रमलाई मध्यनजर गर्दै आफ्ना वडावासीलाई सतर्क भएर बस्ने र कहिं कतै हिंडडुल नगर्ने सुचना वारम्वार जारी गरि रहेको र महत्वपूर्ण कार्यमा कहिं कतै जान परेमा वडासंग समन्वय गरेर मात्र हिंडडुल गर्न आग्रह गरेका छन।

नगरपालिकालाई प्रहार गरेर आलोचना गर्नु ठिक नभएको बताउदै अध्यक्ष महर्जनले  अहिले सबैको साथ र सहयोगमा कोभिड १९ लाई परास्त गर्न सकिने बताएका छन  । आइसोलेसनको लागि हामी वैकल्पिक उपाएहरु अपनाई अगाडी बढीरहेको र यसै वडामा रहेको एकल महिला भवन “छहारी भवन” लाई आइसोलेसन तथा क्वारेन्टाई बनाउन सकिन्छ की ? भनेर आफु लागि परेको बताउदै उनले  लकडाउन बढ्ने स्थिति भएमा स्वयंसेवकहरु तयारी अवस्थामा रहेको र आफ्नो वडावासीलाई कुनै किसिमको समस्या हुन नदिन आफु लागि परेको जानकारी दिएका छन।

अध्यक्ष महर्जनले  कोभिड १९ ले गर्दा केहि समस्या आईपरे जतिखेर पनि सहयोग गर्न तत्पर रहेको वताउँदै आपतकालीन सेवाका लागि निम्न नम्बरमा सम्पर्क गर्नका लागि अनुरोध गरेका छन।

बूढानीलकण्ठ नगरपालिका वडा नं. ७

अध्यक्षः- बस नारायण महर्जन – 9841475221

सदस्यः- राम बहादुर थिङ – 9843301658

सदस्यः- सावित्रा भट्टराई – 9851116439

सदस्यः- राममाया महर्जन – 9841723076

सदस्यः- अनिता पुर्कुटी – 9818856445

(प्रनेल महर्जन सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )

तपाइँको प्रतिक्रिया ।