चन्द्रागिरी १ दहचोकमा मनाइने इन्द्रजात्रा/ इन्द्र दह स्नान मेला यस पटक नहुने

चन्द्रागिरी १ दहचोकमा मनाइने इन्द्रजात्रा/ इन्द्र दह स्नान मेला यस पटक नहुने

कपन अनलाइन

काठमाडौं भाद्र १२। चन्द्रागिरि  नगरपालिका वडा नं १ दहचोकमा  प्रत्येक वर्ष भाद्र शुक्ल  पुर्णिमाको दिन मनाइदै आएको इन्द्रजात्र/ इन्द्र दह स्नान मेला एस वर्ष स्थगित गरिएको चन्द्रागिरि नगरपालिका वडा नं १ का वडा अध्यक्ष राजेन्द्र केसीले सार्वजनिक सुचना जारि गर्दै जानकारी गराएका छन् ।

उनले जारी गरेको सुचनामा भनिएको छ काठमाडौं जिल्ला चन्द्रागिरी नगरपालिका वडा नं १ दहचोक सय गन्तब्य भित्रको इन्द्रदह/काजी कालु पांडे समाधिस्थल क्षेत्रमा परापुर्वकाल देखि भाद्र शुक्ल पुर्णिमाका दिन मनाइदै आएको इन्द्रजात्रा /इन्द्र दह स्नान मेला कोरोना भाइरस कोभिड १९ संक्रमणका कारणले हाल नेपाल सरकारले निषेधाज्ञा जारी गरेको अवस्थामा वडा कार्य्लुआको मिति २०७७ साल भाद्र ११ मा स्थानीय राजनैतिक दलका प्रतिनिधि सल्लाहकार तथा इन्द्रजात्रा /इन्द्रदह स्नान मेला व्यवस्थापन समितिका प्रतिनिधि संगको परामर्श एबं राय सल्लाह सुझाब बमोजिम संक्रमणको जोखिमलाइ मध्यनजर राख्दै आम तिर्थालु भक्तजनहरुको स्वास्थ्यको ख्याल गर्दै  आगामी २०७७ भाद्र १६ गते देखि १७ गते बुधबार साँझ सम्म हुने इन्द्रजात्रा/ इन्द्र दह स्नान मेला संचालन नगर्ने निर्णय भएको  उल्लेख गरिएको छ ।साथै आम तिर्थालु भक्तजनहरु तथा मेला संग सम्बन्धित सरोकारवालाहरुलाई सोहि स्चुहना मार्फत जानकारी गराइएको उल्लेख गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।