गोकर्णेश्वर नगरपालिका भित्र कोरोना रोकथाम तथा नियन्त्रणमा प्रत्येक नागरिकको सहयोग आवश्यक: नगर प्रमुख सन्तोष चालिसे

गोकर्णेश्वर नगरपालिका भित्र कोरोना रोकथाम तथा नियन्त्रणमा प्रत्येक नागरिकको सहयोग आवश्यक: नगर प्रमुख सन्तोष चालिसे

कपन अनलाइन

काठमाडौं भाद्र १०। गोकर्णेश्वर नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणको लागि प्रभावकारी ढंगले काम गरिरहेको जसमा नागरिकहरुले पनि सहयोग गरेको  नगर प्रमुख सन्तोष चालिसेले बताए ।उनले  गोकर्णेश्वर नगरपालिका ले कोरोना रोकथामको लागि नगरका स्वास्थ्य शाखा प्रमुखको संयोजकत्वमामा प्रहरी नेपाली सेना स्वयम् सेवक संयोजक  र स्वास्थ्यकर्मी सहितको ११ सदस्यीय  समिति निर्माण गरेको जानकारी गराए।  उनले कन्ट्याक्ट ट्रेसिङका लागि नेपाली सेना , प्रहरीसमेत रहेको ११ जनाको टोली बनाएका  जानकारी गराउदै  ११ जना स्वास्थ्यकर्मीलाई कोभिडकै काममा खटाउन परिचालन गरेको बताए ।

उनले आजको मिति सम्म नगरपालिका भित्र  ३८ महिला र १४ पुरुष गरि कुल ५२ जना संक्रमित भेटिएको जानकारी गराए ।उनले प्रत्येक आइतबार नगरपालिकाले पिसिआर परिक्षणको लागि स्वाब संकलन गर्ने गरेको जानकारी गराउदै हजार भन्दा धेरैको स्वाब परिक्षण गरिसकेको जानकारी गराए  ।

उनले आज पनि शंकरापुर अस्पतालमा  कन्ट्रयाक्ट ट्रेसिंगमा खटिएकाहरुको पीसी आर परिक्षण गर्न लागेको पनि जानकारी गराए। उनले  नेपाल मेडिकल कलेजमा १ सय बेड क्षमताको आइसोलेसन बनाउने समझदारी गरेको जानकारी गराउदै जसमा ४ वटा भेन्टिलेटर र १० वटा आइसियू कोभिडका बिरामीलाई प्रयोग गर्न मिल्ने गरि तयारी गरेको जानकारी गराए ।उनले हाल सो अस्पतालमा  कोरोनाका १७ जना बिरामीहरुले उपचार गराईरहेका मध्ये ११ जना एक्टिभ  केसका रहेको जानकारी गराउदै  उपचार गराईरहेका पनि निको हुने चरणमा रहेको जानकारी गराए ।

 त्यस्तै उनले  जोरपाटीमा खाङ्ग्री इन्टरनेसनल  अस्पतालमा ८ वटा आइसियू र ३ वटा भेन्टिलेटर तयारी अवस्थामा राखेको जानकारी गराउदै लायन्स क्लब संगको सहकार्यमा राष्ट्रिय सहिद पार्क स्मारक  गोकर्ण  जगडोल भित्र रहेको सामुदायिक भवनमा ३०/३५ बेडको क्वारेन्टाइन निर्माणको अन्तिम चरणमा पुगेको जानकारी गराए ।

नगरपालिकाले ५ करोडको कोभिड कोष बनाएको , पिसिआर मेसिन किन्न भनेर एक  करोड र त्यसको व्यवस्थापनको लागि ५० लाख छुट्याएको पनि बताए ।उनले नगरपालिका तथा  प्रत्येक वडामा स्वचालित स्यानीटाईजरमेशिन खरिद गरेको  जानकारी गराउदै ७ सय ५३ वटै स्थानीय तह मध्ये गोकर्णेश्वर नगरपालिकाले जति व्यवस्थापन अरूले  नगरेको दाबि पनि गरे ।

उनले होम आइसोलेसनमा बस्छु भन्नेलाई पनि हरेक दिन फोन गर्ने कर्मचारी छुट्याएको र  उसले दैनिक हेल्थ रिपोर्ट बनाउने गरेको जानकारी दिदै ज्वरो घटे-बढेको र लक्षण भए-नभएको  टिप्ने र समस्या भए अस्पताल लैजान एम्बुलेन्स तयारी अवस्थामा  राखेको पनि बताए। उनले सरकारले मात्रै कोरोना रोकथाम तथा नियन्त्रणका लागि काम गरेर नहुने बताउँदै सबै नागरिकहरु आफै सचेत र सजग हुन आवश्यक रहेको  बताए ।उनले कोरोना जोखिम न्यूनीकरणका लागि विश्व स्वास्थ्य संगठनका साथै नेपाल सरकारले तोकेका स्वास्थ्य सुरक्षाका  मापदण्ड  सबैले आ आफ्नो ठाउ बाट पालना गर्न समेत वडा बासीलाइ अनुरोध गरेका हुन् । उनले भौतिक दुरी कायम गर्न,मास्क लगाउन र अनावश्यक भेटघाट बन्द  गर्न समेत  अनुरोध गरेका छन  ।

 अहिलेको विषम परिस्थितिमा स्थानीय सरकारले गरेको कामले पनि  स्थानीय  सरकार जनतासँग जोडिएको सबैभन्दा नजिकको सरकार हो भन्ने कुराको व्यवहारिक पुष्टि गरेको बताए। प्रकोप नियन्त्रण र रोकथामका लागि गोकर्णेश्वर नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको समन्वयमा योजना बनाएर अगाडी बढेको  पनि बताए ।उनले कोरोना रोकथाम तथा नियन्त्रणको लागि प्रत्येक नागरिक को सहयोग उत्तिकै आवश्यक रहेको पनि बताए ।

 

(कोरोना नियन्त्रणका लागि स्थानीय तहले महत्वपूर्ण भूमिका निर्वाह गरिहेको छ। यति गर्दा पनि  कोरोना संक्रमित दिनदिनै  थपिइरहेको सन्धर्भमा गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे संग कपन अनलाइनले गरेको कुराकानीमा आधारितमा रहेर तयार पारिएको  सामग्री )

तपाइँको प्रतिक्रिया ।