कागेश्वरीका कोरोना संक्रमित तथा परिवारमा कुनै समस्या भएमा सम्पर्क गर्न नगरप्रमुख कृष्णहरि थापाको अनुरोध

कागेश्वरीका कोरोना संक्रमित तथा परिवारमा कुनै समस्या भएमा सम्पर्क गर्न नगरप्रमुख कृष्णहरि थापाको अनुरोध

कपन अनलाइन

काठमाडौं भाद्र १० ।कागेश्वरी मनोहरा नगरपालिकाले कोरोना समबन्धी केहि समस्या भएमा ९८५१०२७१२१मा सम्पर्क गर्न अनुरोध गरेका छन् ।उपत्यका  लगायत कागेश्वरी मनोहरा नगरपालिकामा पनि कोरोना संक्रमितको संख्या दिन दिने बढिरहेको अवस्थामा उनले कोरोना संग सम्बन्धित कुनै समस्या भए सो नम्बरमा सम्पर्क गर्न अनुरोध गरेका हुन् ।

उनले कागेश्वरी मनोहरा नगरपालिका भित्र रहेका कोरोना संक्रमित तथा संक्रमित परिवार  जो कागेश्वरीको मुलपानी नगर अस्पताल ,घरमा अथवा उपत्यकाका विभिन्न अस्पतालका आइसोलेसनमा बसेका कोरोना संक्रमित  र संक्रमितका परिवारलाइ कुनै समस्या भएमा जस्तै

 

१- नगरपालिकाले मुलपानी नगर अस्पतालमा गरेको
खानपिनको  ब्यवस्था, स्वास्थ्यकर्मीहरूले दिने सुबिधा , परामर्ष एंब
व्यवहार ।

२- बाहिर अस्पतालमा आइसोलेसन मा बस्नेहरूको  सेवा
सुबिधामा कुनै समस्या भएमा ।

३- संक्रमित र संक्रमितका परिवार लाई छिमेकले गर्ने
ब्यबहारको  बारेमा ।

४- संक्रमित संगको  को सम्पर्कमा आएका आफन्त र छिमेकी
हरूको बारेमा ।

कुनै समस्या या सुझाब भएमा सम्पर्क गर्न अनुरोध गरेका हुन् ।उनले  नगरपालिका र स्वास्थ्य शाखाले कोभिड १९को यस विषम परिस्थितिमा  नगरपालिकाको क्षमताले भ्याए सम्म सेवा पुर्याउदै आएको जानकारी गराए।  उनले कुनै पनि समस्या भए जनप्रतिनिधिहरु वडा अध्यक्ष, वडा सदस्य एबम आफ्नो व्यक्तिगत मोबाइल नम्बर ९८५१०२७१२१ मा सम्पर्क वा एस एम एस गर्न पनि अनुरोध गरेका छन्।

तपाइँको प्रतिक्रिया ।