बुढानिलकण्ठ नगरपालिका वडा नं २ को बाडेपाखा-बिएमसीए स्कुल सडक निर्माण हुने

बुढानिलकण्ठ नगरपालिका वडा नं २ को बाडेपाखा-बिएमसीए स्कुल सडक निर्माण हुने

कपन अनलाइन 

काठमाडौं ,भाद्र १०/ निशा बराल

बुढानिलकण्ठ नगरपालिका वडा नं २ मा रहेको बाडेपाखा-बिएमसीए स्कुल सडक निर्माणका लागि सर्भे शुरु गरिएको छ।

बुढानिलकण्ठ नगरपालिका नगर परिषदबाट वडा स्तरिय गौरव योजना अन्तर्गत बाडेपाखाको बिएमसीए स्कुल संगै रहेको बाटो १ करोड बजेट बिनियोजन गरिए पश्चात भाद्र महिना भित्र  टेन्डर आबह्वन गरि असोजमा काम सुरु गर्न  तयारी थालिएको छ ।

वडाले गौरवको आयोजनाका रुपमा घोषणा गरेको  सो सडक  ३०० मीटर भन्दा बढी रहेको वडा नं २ का अध्यक्ष राजेन्द्र खड्काले जानकारी दिएका छन।

कोभिड १९ लाई नियन्त्रण कार्य जारी राख्दै आर्थिक वर्ष ०७७/७८ का योजना पनि प्राथामिकताका साथ अगाडी बढाईने बताउदै अध्यक्ष खड्काले अन्य योजनाहरुको पनि टेन्डर आव्हान गर्ने तयारीमा रहेको जानकारी दिएका छन।

(निशा बराल सुशासन र समृद्धिका लागि संचार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन् )

तपाइँको प्रतिक्रिया ।