गोकर्ण प्राथमिक अस्पतालका सेवाहरु बन्द हुने

गोकर्ण प्राथमिक अस्पतालका सेवाहरु बन्द हुने

कपन अनलाइन

काठमाडौं, भाद्र १०।  गोकर्णेश्वर नगरपालिकाले गोकर्ण प्राथमिक अस्पतालका सम्पूर्ण सेवाहरु बन्द गरिने बारे सार्वजनिक सुचना जारी गरेको छ।

प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्य द्वारा जारी गरेको उक्त सुचनामा गोकर्ण प्राथमिक अस्पतालमा कार्यरत कर्मचारीहरुको कन्ट्रयाक्ट ट्रेसिंग गरि पिसीआर  परिक्षण गर्नु पर्ने र उक्त अस्पताल परिसरमा सुरक्षा साबधानी समेत अपनाउनु पर्ने हुँदा उक्त अस्पताल बाट गरिने सम्पूर्ण सेवाहरु २०७७ साल भाद्र १० गते देखि २०७७ साल भाद्र १२ गते सम्म बन्द गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सो स्चुहना प्रकाशित गरिएको उल्लेख गरिएको छ। सो  बाट नगरबासीहरुमा पर्न गएको असुविधा प्रति नगरपालिका क्षमा प्राथी रहेको जनाइएको छ ।

तपाइँको प्रतिक्रिया ।