कोरोना जोखिम बढे संगै अनावश्यक भेटघाट बन्द गर्न बुढानिलकण्ठ नगर प्रमुख उद्दब खरेलको अपिल

कोरोना जोखिम बढे संगै अनावश्यक भेटघाट बन्द गर्न बुढानिलकण्ठ नगर प्रमुख उद्दब खरेलको अपिल

कपन अनलाइन

काठमाडौं श्रावण ३०। काठमाडौं उपत्यका संगै बुढानिलकण्ठ नगरपालिकामा पनि कोरोना संक्रमित  दिनानुदिन बढ्दै गएको अवस्थामा नगर प्रमुख उद्धब खरेलले अनावश्यक भेटघाट बन्द  गर्न अपिल गरेका छन्। साथै उनले कोरोना जोखिम न्यूनीकरणका लागि विश्व स्वास्थ्य संगठनका साथै नेपाल सरकारले तोकेका स्वास्थ्य सुरक्षाका  मापदण्ड  सबैले आ आफ्नो ठाउ बाट पालना गर्न समेत नगर बासीलाइ अनुरोध गरेका छन् । उनले भौतिक दुरी कायम गर्न,मास्क लगाउन र  अनावश्यक भेटघाट बन्द  गर्न अनुरोध गरेका हुन् ।

साथै नगरपालिकाले कोरोना जोखिम न्यूनीकरणका लागि नगरपालिका क्षेत्र भित्र संचालित अत्यावश्यक र स्वास्थ्य सम्बन्धि सेवा बाहेक अन्य सम्पूर्ण व्यवसायहरु साँझ ८ बजे देखि अनिवार्य रुपमा बन्द गर्ने निर्णय भएको जानकारी गराउदै नगर क्षेत्र भित्र संचालित सैलुन फुटसल ब्युटी पार्लर जिमखाना आदि अर्को व्यवस्था नभए सम्मको लागि अनिवार्य बन्द गर्ने निर्णय भएको पनि जानकारी गराए ।त्यसैगरी  उनले  नगर क्षेत्र भएका मठ मन्दिर, चर्च, मस्दिज, गुम्बा, गुरुकुल मदरसा लगायतका धार्मिक स्थलहरुमा भिड भाड हुन नदिन आवश्यक सुरक्षा सतर्कता अपनाउन,नगर क्षेत्र भित्र संचालित सडक चियापसल ठेला व्यवसायहरु हाललाई पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको पनि बताए।

उनले सपिंग मल, सुपर मार्केट, र ठुला होलसेल पसलहरु  तथा ग्राहकबीच अनिवार्य रुपमा न्यूनतम दुरी कायम राख्ने, प्रवेशद्वार र आवश्यक स्थानमा साबुन पानि सहित हात धुने व्यवस्था गर्न र स्यानीटाइजरको प्रयोग  गर्ने व्यवस्था गर्न पनि अनुरोध गरिएको बताए।होटल, रेस्टुरेन्ट, क्याफे र खाजघर लगायतका व्यवसायहरुले (टेक वे) घरमा पुर्याउने सुबिधाको रुपमा मात्र संचालन गर्न पनि अनुरोध गरेका छन ।

उनले सङ्क्रमण रोक्न अपनाउनुपर्ने न्यूनतम मापदण्ड अपनाउन सबैलाई आग्रह   गरेका छन ।लकडाउन हट्दा अहिले धेरैले कोरोनाभाइरस समाप्त भएजस्तो गरी व्यवहार गरेको भन्दै “सबैले कोरोनाभाइरस लाग्न सक्छ” भन्ने सोचेर हिँड्नुपर्ने सुझाव दिएका छन् ।सामाजिक दूरी कायम गर्ने, बारम्बार हात धुने तथा स्यानिटाइजरको प्रयोग गर्ने, मास्क लगाउनेजस्ता कुरामा झन् धेरै ध्यान दिनुपर्छ,”  प्रमुख खरेल भन्छन्, “लकडाउन खुले पनि आवश्यक नपर्दासम्म घरबाट बाहिर ननिस्कनु नै उत्तम हुन्छ।”

जोखिम बढे संगै अब नागरिकहरूले पहिले भन्दा पनि बढी सतर्क हुने र कुनै पनि लक्षण देखिनेबित्तिकै नजिकैको स्वास्थ्य संस्थामा गइहाल्ने अवस्था आएको  उनि बताउछन ।अहिले कतिपय व्यक्तिहरूले ‘म त युवा उमेरको छु त्यसैले केही हुँदैन’ भन्ने जस्तो व्यवहार देखाएको देखिएको छ।”तर त्यही व्यक्तिको घरमा वृद्धवृद्धा वा दीर्घरोगीहरू हुनसक्छन्। उसको सम्पर्कमा पनि त्यस्ता व्यक्ति पुग्नसक्छन्। त्यसैले सबैले ‘मलाइ केही नभए पनि अरूलाई हुनसक्छ’ भन्ने सोचिदिनुपर्छ,” नगर प्रमुख उद्दब खेरेलले भने ।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।