परीक्षा : धिरज बराल (लघुकथा)

परीक्षा : धिरज बराल (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,मङ्सिर ९ ।

“यो के जीवलाई उठाएर ल्यायौ भारदारहरु हो ?” राजाहरुलेअचम्मित हुँदै प्रश्न गरे । भारदारहरुले गम्भीर हुँदै प्रत्युत्तर दिए, “सर्खार, यो डरलाग्दो अनौठो मान्छे हाम्रो राज्य नै थर्किने गरि पाइला चाल्दै रहेछ ! यसलाई देखेर हामी अत्यन्तै आतंकित भयौँ ! तसर्थ, यसले सर्खारलाई हानी नोक्सानी पुर्याउन सक्ला भनी यसलाई हामीले पाता कसेर यहाँदरबारमा लिएर आयौँ ।”भारदारहरुको कुरा सुनेर राजाहरुको मनमा चिसो
पस्यो । उनीहरु डराउँदै त्यस मान्छेको नजिक गए । ऊ एकदम अडिग र निडर भएर अघि बढ्न उभियो । त्रसित राजाहरुले उसको सम्पूर्ण शरीर छामछुम गर्न थाले। कसैले मुटु छामे । कसैले नाडी छामे । उसलाई छामिसकेपछि एकजुट हुँदै उनीहरुले साहस बटुले र उसप्रति सहानुभूतिको पासा फ्याँक्दै भने, “कठै युवक ! तिम्रो मुहारमा झुन्डिएको यो बेकामे सूँडले तिमीलाई साह्रै नै कुरुप बनाएको रहेछ ! तर चिन्ता नगर ! यी हेर त ! सूँड उखेलेर फालेपछि नै हाम्रा पनि दाह्रा र नङ्ग्रा पलाएका हुन् ।”

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।