काठमाडौँ प्लाजा सर्वसाधारणकाको सवारी पार्किङ्का लागि खुला हुने

काठमाडौँ प्लाजा सर्वसाधारणकाको सवारी पार्किङ्का लागि खुला हुने
कपन अनलाइन
काठमाण्डौ ,मङ्सिर ८ ।

काठमाडौँ महानगरपालिकाले भोलि (मंसिर ७ गतेदेखि) साँझ साढे ५ देखि ११ बजेसम्म आफ्नो कार्यालय परिसर सवारी पार्किङ्का लागि निःशुल्क उपलब्ध गराउने भएको छ ।

प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्ले भन्छन , ‘यो सुविधा पछि कमलादी, पुतलीसडक, दरबार मार्ग, हात्तीसार, कमलपोखरीलगायत स्थानको यातायात आवागमन र पार्किङ्मा सहजता हुनेछ ।’ काफ्लेका अनुसार दुई पाङ्ग्रे र ४ पाङ्ग्रे दुवै खालका सवारी साधनका लागि हो । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेका अनुसार पार्किङ् व्यवस्थापन महानगर प्रहरी बलले गर्नेछ ।

तपाइँको प्रतिक्रिया ।