वर : नारायण खनाल ‘भावुक’ (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,मङ्सिर ९ ।
चोकको गणेश मन्दिरमा सधैँ बिहान घण्टी बजिरहन्थ्यो तर पनि विघ्नहर्ता गणेश मौन थिए । राजस्थानी संगमर्मरले बनेको प्रतिरूप धपक्क देखिन्थ्यो । त्यहाँ पुगेपछि बन्दना अर्चना सहितको अध्यात्मले हरेकको मनमा शान्ति मिल्थ्यो ।
प्रातः पहिलो प्रहरमा वृद्ध वृद्धाहरू नतमस्तक हुन्थे । दोस्रोमा केटाकेटीहरू अनियमित तरिकाले
पुग्थे । सुगन्धित महकको टिका प्रसादले सबैको मनमा दिव्य भक्ति गुल्जार हुन्थ्यो। श्री गणेशाय नमः प्रायः सबैको मुखमा झुण्डिन्थ्यो ।
मान्छेहरूको वर माग्ने तरिका भने बेग्लै बेग्लै थियो । एउटा बाले “गरिबीबाट पार गर भगवान् ! भनेर माथ टेकाए ।”
एउटी बुढीआमाले धरधरी रुदै “विदेश भएको बिरामी छोरालाई छिट्टै सकुशल ल्याइपु¥याऊ भौमान् “भनिन् र टाउको ठोकिन् ।
एउटा अधवैंसे महिलाले एकान्तमा आएर “सौताको बाटो छेक, परमात्मा, एक किलो लड्डु चढाउँछु ।” भनेर तीन पल्ट ढोगिन् ।
अबेर कलेजबाट फर्कँदा एउटा विद्यार्थीले “१२ पास भएर विदेशमा राम्रो भिसा लागोस् भनेर ढोग्यो ।”
साँझतिर प्रौढ पुरुष आएर “म विदेश जान लागे भगवान् तिम्रै भरोसा, आउँदा श्रीमतीलाई घरमै देख्न पाऊँ । “भनेर बिन्ती बिसायो ।
अरु अरुले यस्तै यस्तै वर मागे । अन्तर्मुखी भगवानले पनि आँखा झिमिक्क नपारी हेरिरहे । विघ्नहर्ताले पनि के नै गर्न सक्थे र ? सबैको साक्षी बसिदिए ।
भक्तहरूले पनि तथास्तु भन्ने वर पाएझैँ शान्तिको ठूलो सास फेरेर घन्टी बजाउने प्रक्रिया जारी राखे । चोकमा घन्टी बजी नै रह्यो ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।