आयोजक भ्याली पब्लिकको विजयी सुरुवात
आयोजक भ्याली पब्लिक स्कुलले १८ औं भ्याली पब्लिक बास्केटबल प्रतियोगिता शुक्रबार विजयी सुरुआत गरेको छ । भ्याली पब्लिकले प्रतियोगितामा समावेश तीनै विधा सिनियर ब्वाइज, सिनियर गल्र्स र जुनियर ब्वाइजमा सफलता हात पा¥यो ।
सिनियर ब्वाइजमा भ्याली पब्लिकले जाग्रितीलाई ३०–१९, बागमतीले स्कोलर्स होमलाई ४८–३३, मोक्षदाले रिलायन्सलाई ४२–३२, हिमालय बोर्डिङले एचएचसीएलाई ४१–३७, हेराल्डले अपीलाई २५–१७ र गेट्वेले जेबी स्कुललाई ४७–३४ ले पराजित गरे ।
सिनियर गल्र्समा भ्याली पब्लिक ‘बी’ ले बागमतीलाई ३०–१०, क्यान्भासले अपीलाई १४–९, टीआईएले एक्टिभलाई २७–१६, केभीकेएसएसले प्रारम्भलाई २०–१६ र फेरिल्यान्डले इडेन ब्रिज एकेडेमी (इबीए) लाई २३–१५ ले हराए ।
जुनियर ब्वाइजमा भ्याली पब्लिकले ह्वाइट माउन्टेनलाई ३३–२२, अपीले नयु एरालाई १३–७, ग्रिनफिल्डले ओडिसी इन्टरनेसनल एकेडेमीलाई २६–३, पारामाउन्टले स्किब्सलाई १७–१२, ग्रिनल्यान्डले एन्जल्स किड्सलाई २८–४, ग्रिन लाउन्सले क्यान्भसलाई ३७–४, इबीएले अपीलाई ३२–१७ र बीएमसीएले शिक्षालयलाई २९–२६ ले पाखा लगाए ।
प्रतियोगिताको भ्याली पब्लिकका संस्थापक प्रिन्सिपल कृष्णप्रसाद अधिकारी, भ्याली पब्लिककी सह संस्थापक सुनिता अधिकारी र भ्याली पब्लिकका प्रशासन प्रमुख महेश अधिकारीले निर्णायकलाई एक कार्यक्रमबीच बल हस्तान्तरण गरी संयुक्त रुपमा उद्घाटन गरे ।
प्रतियोगिताको सिनियर ब्वाइज र जुनियर समान ३२–३२ तथा सिनियर गल्र्समा २० गरी ८४ टिम सहभागी छन् । तीनै समूहमा शीर्ष २ स्थानमा रहने टिमले क्रमशः २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिता मंसिर १६ गतेसम्म चल्ने छ ।