बुढानिलकण्ठ नगरपालिकामा अत्यावश्यक सेवा बाहेकका सम्पुर्ण सेवाहरु भाद्र २ सम्म बन्द

बुढानिलकण्ठ नगरपालिकामा अत्यावश्यक सेवा बाहेकका सम्पुर्ण सेवाहरु भाद्र २ सम्म बन्द

कपन अनलाइन

काठमाडौं,श्रावण २८ । निशा बराल / शिरिष पौडेल

नगरपालिकामा कोरोना भाइरस संक्रमित को सङ्ख्या बढ्ने क्रम तिब्र भए सङ्गै बुढानिलकण्ठ नगरपालिकाले भाद्र २ गते सम्म विपद र स्वास्थ बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको सङ्क्रमण सङ्क्रमण द्रुत गतिमा बढ्दै गइरहेको कारण सङ्क्रमण को जोखिम रोकथाम एवं नियन्त्रणको लागी नगरपालिकाको बिपद् व्यवस्थापन समितिको मिति २०७७।०४।२७ को निर्णयअनुसार नगरपालिकाको कार्यलय र त्यस अन्तरगतका वडा कार्यलायहरुबाट सम्पादन गरिने स्वास्थ र विपद् व्यबस्थापनको कार्यहरु बाहेक सम्पुर्ण सेवाहरु बन्द गरिएको  सूचना प्रकाशित गरेर जानकारी दिइएको छ ।

साथै नगरपालिकाले अत्यावश्यक सेवा लिन आउने सम्पूर्ण सेवाग्राहीले कोभिड-१९ को नियन्त्रण तथा रोकथाम गर्न आवश्यक स्वास्थ्य सम्बन्धी मापदन्ड पालना गर्न आग्रह गरेको छ ।

( निशा बराल  र  शिरिष पौडेल सुशासन र समृद्धिका लागि संचार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन् )

तपाइँको प्रतिक्रिया ।