लापरवाही आफ्नो दोषी सरकार

लापरवाही आफ्नो दोषी सरकार

कपन अनलाइन

काठमाडौं ,साउन २८ /सुमित्रा लुइटेल

कोरोनाबाट दिनहुँ सैयौंको संख्यामा संक्रमित भइरहेका छन् । यो त सरकारले दिएको आधिकारिक तथ्यांक मात्र हो जुन  परीक्षण गरेकाहरुमा पाइएको हो ।

परीक्षण नगरेका वा परीक्षणको पहुँचमा नभएका अरु लाखौं छन्। जसलाई कोरोनाको संक्रमण तीब्र गतिमा भइरहेको हुनसक्छ । मृत्युदर पनि उही मात्रामा बढिरहेका छन् । यस्तो पृष्टभूमीमा हामी जति–जति लापरवाही गर्छौं, उत्तिनै यो स्थिति अरु भयावह र अनियन्त्रित बन्नेछ । हाम्रा बुढा बुवाआमा, कलिला बालबच्चा, निर्दोस परिवारका सदस्यहरुले बिना गल्ती सास्ती खेप्नुपर्नेछ ।रोग र मृत्युसँग जुध्नुपर्नेछ । जबकी हामी कहाँ न भरपर्दो अस्पताल छन्, न उन्नत उपचार पद्धती ।

भोलिको दिनमा कोरोनाले भयानक रुप लिएमा हामी एकदमै निरिह हुनुपर्ने स्थिति आउनसक्छ । तर, सत्य के पनि हो भने कोरोना भाइरसको संक्रमणले त्यसबेला मात्र हामीलाई सताउनेछ, जब हामी लापरवाही गर्नेछौं । भनिन्छ नि, लापरवाहीको कुनै ओखती हुन्न ।

संघीय स्तर, प्रदेश सरकार मात्र नभई स्थानिय सरकारले पनि विभिन्न जनचेतना दिने सचेतना गराउने काम नगरेको होइन तर मानिसहरू आफ्नो दैनिक जीवन भने कोरोना भाइरसले केही असर पर्नेवाला छैन जसरी विताइरहेका छन् ।

ब्यूटी पार्लर , मार्ट तथा रेस्टुरेन्टहरूमा भिडभाड कम भएको छैन।  वडा अध्यक्ष  तथा वडाका अन्य सदस्यहरू सचेतनाका लागी माक्स बाढ्ने तथा भिडभाड हुने स्थानहरू बन्द गर्न आग्रह गर्दा पनि जनता भने बेपर्वाह बन्दै आफ्नै जीवन खतरामा परिरहेका छन  ।

सरकारले मात्र गरेर कोरोना महामारी  नियन्त्रण हुदैन यसमा सबैको साथ चाहिन्छ आ-आफ्नो ठाउँबाट  सरकारले भनेका प्रोटोकलहरुलाई अपनाएर कामकाज दैनिकिहरु सुचारु गरौ । सधै लकडाउन सबैकालागी ठिक थिएन जो सरकारले मनन गरेर सहज वातावरण बनाएको छ । तर अब आफैले सजगता अपनाएर सुरक्षित हुनुको बिकल्प छैन्।

फोटो :सरोज बस्नेत

(सुमित्रा लुइँटेल सुशासन र समृद्धिका लागि संचार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन् )

तपाइँको प्रतिक्रिया ।