कहाँ हुन्छ मान्छे :अर्जुन दुलाल (कविता )

कहाँ हुन्छ मान्छे :अर्जुन दुलाल (कविता )

कपन अनलाइन

काठमाडौं ,साउन २४।

 

निधारै छ एकै दुवै नेत्र नै छन्
म हेर्दैछु सोच्दै कहाँभिन्न रैछन्
लडे उठ्न भुल्दै जतै रुन्छ मान्छे
म खोज्दैछु आफैँ कहाँ हुन्छ मान्छे ? ।।१।।

सबैथोक छोडी यहाँ ढल्छ देह
लगाएर बस्त्रै कहाँ जल्छ देह ?
कुजालै सड्यन्त्रै जतै बुन्छ मान्छे
म खोज्छू म भित्रै कहाँ हुन्छ मान्छे ?।।२।।

छ कुर्सी त यौटा हाजारौँ छ बस्ने
ल यो मान्छे सर्पै भयो देह डस्ने
प्रमाणै लुकाई छुरी धुन्छ मान्छे
भनिद्यौ न प्यारा कहाँ हुन्छ मान्छे ?।।३।।

कुनै कोपिलामै यहाँमग्मगाए
कुनै उठ्न खोज्दाकयौँ ठेस खाए
कहिले त खै खै भनिदिन्छ मान्छे
छ माग्ने दरीलो कहाँ हुन्छ मान्छे ?।।४।।

दिलै भित्रप्यासै छ ईनार खन्न
ल खोजौँ न काँडा भएफूलबन्न
कुकर्मी बचाई यहाँ थुन्छ मान्छे
सधै सोध्छ आत्माकहाँ हुन्छ मान्छे ?।।५।।

कयौ निर्मलाका सयौँ दर्द सुन्दा
धिकार्दै छु आफैँ पुरुषार्थ भन्दा
सधैँ लातमार्दै जतै लुट्छ मान्छे
सुगा सोध्छ बोल्दै कहाँ हुन्छ मान्छे ?।।६।।

सहकार्य : काप्न बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।