राजनीति : त्रिलोचन आचार्य (कविता )

राजनीति : त्रिलोचन आचार्य (कविता )

कपन अनलाइन

काठमाडौं ,साउन २४।

 

ननाङ्गि एहुने भन्यो, सबै कुरा उतार्दछस्
कुरा मिले हुने भन्यो, अझै जुरा उमार्दछस्
कहाँ पुर्याउछस्कहाँ?अहो ! हिँडेर ढल्पल
थकाउँछस्गलाउँछस् सधैँ गरेर अल्मल ।

म आशमाबसी रहेँ म त्रासमाफसी रहेँ
तँ ठान्दछस्तँ भन्दछस् ‘दिमागत्यो डसी रहेँ’
जिराफहोस्उचाभनेँ तँ फ्याउरो बनी रहिस्
अहो ! सदैव कट्मिरो तँदाउरो बनी रहिस् ।

म जुक्ति लाउँला भनिस्अभाव त्यो त्यसै रह्यो
भरक्क भड्किँदै युवा विदेश दौडने भयो
लुटी सकेछ शत्रुले तँत्यत्तिकै रमाउँछस्
छ देश यो स्वयं रुँदै तँ बाँसुरी बजाउँछस् ।

अगाडि लाइयो, झनै बिराउँदै गइस्पथ
चढेर वाद हिँड्दथिस् लडेछ लौन त्यै रथ
उचाल्दछस्तँ त्यत्तिकै उचालिने म मख्ख भै
म भित्र घाउ छन् सयौँ थचारिँदा सधैँ सधैँ ।

तँ मक्किएर क्रक्रिँदै समस्त नीति  मक्किए
हिमालकै मुहारमा अनेक दाग देखिए
गलाखुलेन भन्दछन् मुनाल कोइलीहरू
गयो त खेर त्यत्तिकै सबै चुनावको चरु ।

हली स्वयं हराउँदा हतास्सिए हलो जुवा
सदैव प्यासमा रहे समस्त कर्मका कुवा
चिसै छ आङ उत्तिकै, चुनेर घाम के भयो ?
र लोकतन्त्रको नयाँ बनेर धाम के भयो ?

सहकार्य : काप्न बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।