जनसेवामा सकृय जनप्रतिनिधि मेलम्ची -५ का अध्यक्ष सुदर्शन लुइँटेल

जनसेवामा सकृय जनप्रतिनिधि मेलम्ची -५ का अध्यक्ष सुदर्शन लुइँटेल

कपन अनलाइन

सिन्धुपाल्चोक ,साउन २३/दिपक विक्रम देउजा

सधै हँसिले अनुहार मिजासिलो बोली ठूलो कद सादा  जीवन उच्च विचारका धनि जनताको सुख दुखमा सहयोग गर्ने पाउँदा आफ्नो  सौभाग्य ठान्ने मान्छे सायदै विरलै होलान् ।तर त्यसको अपबादका रुपमा छन मेलम्ची नगरपालिका वडा नं ५ का अध्यक्ष सुदर्शन लुइँटेल।लुइँटेल गत स्थानीय तहको निर्वाचनमा मेलम्ची नगरपालिका वडा नम्बर ५( साविक सिन्धु कोट) बाट तत्कालीन नेकपा एमाले बाट निर्वाचीत वडा अध्यक्ष हुन् ।

१३ वटा वडा रहेको मेलम्ची नगरपालिकामा वडा नं  ५ (सविक सिन्धु कोट गाविस )राजनीति दलको प्रभावको हिसाबले  तत्कालीन नेकपा एमाले भन्दा नेपाली कांग्रेसको पकड रहेको वडा मानिन्छ।तर जब लुइँटेलले वडा अध्यक्षमा विजय भए पछि तमाम  गणितीय हिसाब किताब गलत सावित भएको थियो  ।

बाल्यकाल देखि नै सामाजिक काम गर्ने रुचाउने लुइँटेल सधै गाउँका मान्छेहरुको सहयोगमा तल्लीन हुन्छन् ।जब गत निर्वाचनमा वडा अध्यक्ष निर्वाचित भए उनी मेलम्ची नगरपालिकामा एउटा  उदाहरण बनेर  लुइँटेलले गरेको काम सामाजिक संजाल छ्यापछ्यापती छ।

लुइँटेलको  आफ्नो  वडाका एक मुटु रोगी सीता पराजुली लागि घर बाट टा उपचारका निम्ति अस्पताल लैजान  स्थानीयको सहयोगमा आफैले स्टेचरमा राखि अस्पताल लैजादै गरेको तस्बिर भाईरल भएको हो।

लामो समय देखि मुटुमा समस्या रहेकी  सिता पराजुली लागि फेरि मुटुमा समस्या देखा परे पछि राजधानी काठमाडौ को गंगालाल ह्ररदय केन्द्रमा उपचारको निम्ति स्थानीयको सहयोगमामा आफै बिरामी  बोकेर गएका थिए।

यो वर्ष छिट्टै मनसुनी सुरु भएको र धेरै बर्षा  भएका कारणले सडकहरु धेरै बाढी र पहिरोका कारण अबरुद्ध रहेका वेला स्थानीय सरकारले बाटो सफा भने नगरेको होइन तर दिनभरिको टन्टलापुर घाम अनि रात भरिको मुसलधारे वर्षाका  कारण समस्या सृजना भएको छ।

तपाइँको प्रतिक्रिया ।