बासन्ती उत्सव : पदम दाहाल (कविता )
कपन अनलाइन
काठमाडौं ,साउन १७।
मेरो वसन्त सम्राट रामराज्य उमङ्गको
चरीका चिर्बिरी बोली–चाली खोलेर दङ्गको ।।१।।
शीत याम बिसाएर तापमान चढाउँछ
गर्मीमा गान बोकेर जुरेली नाच लाउँछ ।।२।।
हरायो हिउँदे मास गएथ्यो कि कतै कहाँ ?
निम्तो दिएर क्वैलीमा जुरेली फर्कियो यहाँ ।।३।।
कोयलीको मिठो बोली पालुवामा पसी पसी
जुनेली रातमा एक्लै ‘को हो !’ भन्छ कतै बसी ।।४।।
हबेली छेउ थिएनन् गएछन् गुप्तबासमा
माइतीघर फर्केछन् आमा संझी निवासमा ।५।।
नास्पाती, आरु, औ कुल्फी फके्रछन् कति सुन्दर
मनोभावन भो फुर्फुर नाचूँ भाचूँ कि कम्मर ।।६।।
ओठमा बोटमा ताना बाना भर्दैछ को यहाँ ?
कसले प्राण दिलाएथ्यो ? कसले घ्राण दियो यहाँ ? ।।७।।
होलीको रङ्ग घोलेर झाडी जङ्गल भर्छ को ?
बर्खा बादल जोडेर नाना बीज उमार्छ को ? ।।८।।
हरियाली हँुदा हर्ष रमाए वन जङ्गल
हिमानी हिउँको पानी शक्ति सामथ्र्य मङ्गल ।।९।।
किसान कथुरे फुर्के धपाइ खेत धाउँछ
फालेर अन्नको दाना भाग्य सौभाग्य ल्याउँछ ।१०।
न्याउली घाम ढल्केछि कलासेर कराउने
पखाल्दै आँसुले पीडा अन्तर्दाह हराउने ।।११।।
¥याइँ ¥याइँ छ सारङ्गी वीणा झङ्गार हुन्छ कि ?
झ्याउँ झ्याउँकिरी झ्याउँ सङ्गीत धुन बन्छ कि ? ।।१२।।
आँपका मुजुरा माथि भँमरा पुतली झुले
सन्ताप ताप खै के छ ? मेघ उन्मादमा खुले ।।१३।।
लाली गुराँस लेकैमा ढकमक्क छ त्रैतमा
वसन्तमा छ वासन्ती हर्षनाद कि बैंसमा ।।१४।।
ऋतु बोकेर वैशाख वासनामा रमाउने
अन्तर्यामी छ रे कोही सृष्टिचक्र चलाउने ।।१५।।
साजसज्जा र सञ्चिता टन्न भर्दछ को भरे ?
मृदु मुस्कान पोखेर दङ्ग पार्दछ को अरे ? ।।१६।।
सच्चिदानन्दले पूर्ण धाम यो घाम लाउने
काव्यधारा बने टृश्य भावनामा हराउने ।।१७।।
हिमाली दामली उम्दा नाट्यशाला मनोहर
मेरा पहाड–मैदान जोडी प्रेमिल सुन्दर ।।१८।।
उचो छाती पहाडैले तिर्खा प्यास मिटाउँछ
हम्की राप तराईको उष्म श्वास घटाउँछ ।।१९।।
विश्रान्ति बुद्घको भूमि नभुलौँ सन्त आँगन
भारा तिर्नुछ आमाको परदेशी नभैकन ।।२०।।
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक