नेपाल खेलकुद पत्रकार मञ्चले ‘नो योर गेम्स’ सञ्चालन गर्यो
कपन अनलाइन
काठमाण्डौ ,माघ ३।
केबी साम एनकेएलको पूर्वसन्ध्यामा वुधबारै नेपाल खेलकुद पत्रकार मञ्चले ‘नो योर गेम्स’ सञ्चालन गर्यो ।
उक्त कार्यक्रममा एनकेएलका टेक्निकल डिरेक्टर प्रसाद रावले कबड्डीको प्राविधिक पक्ष, नियम र प्रचलनबारे जानकारी दिएका थिए । उनी भारतको प्रो कबड्डी लिग (केपीएल) का पनि टेक्निकल डिरेक्टर हुन् । त्यस्तै अखिल नेपाल कबड्डी संघका सचिव तर्कराजज भट्टले नेपाली कबड्डीको अवस्थाबारे बताएका थिए ।
नेपाली राष्ट्रिय पुरुष टिमका कप्तान घनश्याम रोका मगरसहित एनकेएलका केही खेलाडी प्रो कबड्डी लिगका अनुभवी छन् । उनले यो सिजनको प्रो कबड्डी लिग हरियणा स्टिलर्सबाट खेल्दै दुई साताअघि उपाधि जितेका थिए । एनकेएलमा स्वदेशी ६६ र बिदेशी १८ खेलाडी छन् । थाइल्यान्ड र बंगलादेशका ६–६, श्रीलंकाका र केन्याका ३–३ जना छन् । हरेक टिममा स्वदेशी–बिदेशी गरी १४ खेलाडी छन् ।
एनकेएलको पहिलो सिजनमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाडौं माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स (बुटवल) र धनगढी वाइल्डक्याट्स सहभागि छन् । राउन्ड रोबिन लिगको शीर्ष चारमा रहने टिम नकआउट चरणमा प्रवेश गर्नेछन्, जहाँ इलिमिनेटर र क्वालिफायर खेल्दै फाइनल खेल्ने दुई टिमको टुंगो लाग्नेछ । उद्घाटन खेलमा काठमाडौं माभरिक्स र पोखरा लेकर्स भिड्नेछन् ।