तारेभिर क्षेत्रको बिकासलाइ नगरपालिकाले बिशेष प्राथमिकतामा राखेको छ :नगर प्रमुख सन्तोष चालिसे
कपन अनलाइन
काठमाडौं श्रावण १७ ।गोकर्णेश्वर नगरपालिका वडा नं ३ स्थित तारेभिर आधारभूत बिध्यालयको नव निर्मित भवन शुक्रबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । गोकर्णेश्वर नगरपालिका र छायाँ नेपालको आर्थिक सहयोगमा नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले आयोजकलाइ धन्यबाद दिदै ६० वर्ष पुरानो तारेभिर आधारभूत बिध्यालयको बिगत २ वर्ष सम्म अघि सम्म पनि अवस्था बेहाल देखे पछि आफुलाइ दुख लागेको बताए ।
उनले ६० वर्ष पुरानो बिद्यालय जुन २०७२ सालको भूकम्पले गर्दा थप क्षत विक्षत भएको स्मरण गर्दै त्यति खेर घासी लगायतका संस्थाले सहयोगी भूमिका खेल्नको लागि नगरपालिका संग समन्वय गरे पनि बिचमै छोडेर जाने प्रबित्ति देखिएको बताए। स्थापना भएको ६ दशक बितिसक्दा पनि उल्लेख्य सुधार हुन नसकेको सो बिध्यालयमा ७२ सालको भूकम्पले झनै असर गरेको बताउदै नगर प्रमुख चालिसेले दुइ वर्ष अगाडी देखि नगरपालिकाले बिशेष चासो दिएर वर्तमान अवस्था सिर्जना गरेको धारणा ब्यक्त गरेका थिए ।भौगोलिक रुपमा बिकट स्थानमा रहेको बिद्यालयको भवन निर्माणमा सहयोग गर्ने छायाँ नेपाल संस्थालाई धन्यबाद दिदै नगर प्रमुख चालिसेले बिकट क्षेत्रमा मात्र काम गर्ने गरेको छाया नेपालले सो स्थानलाइ छनौट गरेको मा बिशेष धन्यवाद दिएका थिए।
भवन निर्माण मात्र पर्याप्त नभई तारेभिरमा गुणस्तरीय शिक्षा समेत आजको आवश्यकता रहेको बताउदै नगर प्रमुख चालिसेले गुणस्तरीय शिक्षाको लागि तारेभिरका बालबालिका तथा अभिभावक अन्त भौतारिनु नपर्ने अवस्था निर्माण गर्नुपर्ने मा जोड दिएका थिए। नगरपालिकाको भेगमा रहेको शिवपुरी पर्वत शृंखलामा पर्यटन पूर्वाधार बिकासका लागि बिशाल शिवको मुर्ति बनाउने योजना अगाडी बढेको जानकारी गराउदै प्रमुख चालिसेले निकुन्जका कारण खडा भएको बेवाधन हट्ने बित्तिकै निर्माणकार्यले गति लिने बताएका थिए। सो क्षेत्रमा सहज आवागमनका लागि गोकर्ण र बुढानिलकण्ठ बाट सडक निर्माण भइरहेकोमा खुसि ब्यक्त गर्दै केहि वर्ष भित्रमानै आन्तरिक र बाह्य पर्यटकहरुको रोजाईको गन्तब्य हुने ब्यक्त गरे ।
तारेभिरलाइ पर्यटकीय क्षेत्र बनाउन जोरपाटीमापर्यटकीय केन्द्र बनाउने घोषणा गर्दै सो क्षेत्रका स्थानीयहरुलाई भुइ स्याउ लगायतका कृषि ,होम स्टे, महिलाहर्लुलाई शिप तथा रोजगार विकास लगायतका कार्यक्रम संचालन गर्ने बताएका थिए ।उनले आय आर्जनको लागि महिलाहरुलाई शिप विकास सहित पर्यटन परवार्धन गर्ने कार्यक्रमका लागि नगरपालिकाले बिशेष प्राथमिकतामा राखेको र करोडौ को बजेट बिनियोजन गरेको बताए ।
फोटो : सरोज बस्नेत