समय : गङ्गा आचार्य सापकोटा ( लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,पुस २७ ।
‘दिल खोलेर हाँस्नुहोस्, जो हाँस्यो ऊ बाँच्यो । साथसाथै सङ्गितमा झुमेर जानीनजानी मजाले नाच्नुहोस् । हाँस्दा नाच्दा हाम्रो तन मन स्वस्थ हुन्छ । तन मन स्वस्थ हुनु भनेको नै जीवन स्वस्थ हुनु हो ।
यसरी शान्तिका बुबाले योग प्रशिक्षण गरिरहेका थिए ।
साथमा आफूपनि खित्का छोडेर हाँसिरहेका र उफ्री उफ्री नाचिरहेका थिए ।
उक्त योग प्रयोगशालामा शान्ति पनि सरिक थिइन् ।
हाँस्दा हाँस्दै, नाच्दा नाच्दै उनले विगतमा बुबाले आफूलाई भनेका कुरा सम्झिइन् र टक्क अडिइन् ।
‘हेर खित्का छोडेर हाँसेकी ! कति उत्ताउलो पारा हो ।’
‘पढ्ली आत्मनिर्भर बन्ली जीवन सजिलोसँग बिताउली भनेको रङ्ग रमितामा नाच्न गाउन पो हिँड्छे ।’
कमलाले पुलुक्क बुबालाई हेरिन् । उनले शिर निहुराए ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।