काठमाडौं महानगरपालिका वडा नं  ४ का विकास आयोजनाको निरीक्षणमा जनप्रतिनिधि

काठमाडौं महानगरपालिका वडा नं  ४ का विकास आयोजनाको निरीक्षणमा जनप्रतिनिधि

कपन अनलाइन

काठमाडौं, साउन १५।

काठमाडौं महानगरपालिका वडा नं  ४ मा निर्माणाधीन विकास आयोजनाको सांसद सहितको टोलीले निरीक्षण गरेको छ ।

वडामा निर्माण गरिरहेको सडक, ढल, सहायक सडकमा बिच्छाएको ब्लग लगायतका आयोजनाको निरीक्षण गरिएको हो । बागमती प्रदेशका प्रदेस सभा सदस्य  नारायण सिलवाल  र वडानं  ४ का वडाध्यक्ष मोहन विष्टसहित वडा सदस्यहरुको टोलीले विकास आयोजनाको निरीक्षण गरेका थिए । सो क्रममा संसदसहितको टोलीले जनतासँग सल्लाह सुझाव लिएका थिए ।

‘वडाले अहिलेसम्म राम्रो काम गरेको छ,’ स्थानीय श्यामबहादुर हमालले भने, ‘वडाध्यक्षको पहलमा भएको विकास आयोजनाले हामी सन्तुष्ट छौं ।’ स्थानीय अलिन देवकोटाले सामुदायिक कुकुरको समस्या समाधान गर्न जनप्रतिनिधिलाई आग्रह गरेका थिए  । ‘यहाँ सामुदायिक कुकुरले दुःख दिएको छ,’ उनले भने, ‘कुकुरको व्यवस्थापनको लागि वडाले काम गरोस् ।’ जनप्रतिनिधिले बाँकी रहेका विकासका काम पनि छिट्टै पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।

संसद सिलवालले जनताको काम छिटो सक्न स्थानीय जनप्रतिनिधिलाई आग्रह गरे । ‘जनताको मियो भनेको जनप्रतिनिधि हो,’ उनले भने, ‘जनता र जनप्रतिनिध मिले मात्र विकासले गति लिन्छ । नमुना वडाको रुपमा मैले लिएको छु । प्रदेशबाट पनि के सहयोग गर्नुपर्ने हो त्यसको लागि पहल गर्ने छु ।’

वडामा ८० प्रतिशत काम सकिएको वडाध्यक्ष विष्टले बताए । ‘वडामा ८० प्रतिशत काम सकियो । २० प्रतिशत पछि छिट्टै सकाउँछौं । वडाका जनताको सहयोगमा नै काम काम द्रुत गतिमा भएको हो । वडा सदस्यहरुको भूमिका पनि उत्तिकै छ । अझैं साथ र सहयोगको अपेक्षा गरेका छौं,’ वडाध्यक्ष विष्टले भने । उक्त वडाको बालुवाटारमा खेलकुदको विकासका लागि ब्याडमिन्टन कोर्ट निर्माण भइरहेको छ ।

युवालाई लक्षित गरेर वडाले कोर्ट बनाउन लागेको हो । वडाको शितलमार्ग, लम्टङ्गिन मार्ग र बक्र्ररेखा गल्लीमा ब्लग बिच्छाउने काम भइरहेको छ । त्यस्तै डोचामार्ग, अनेक गल्लीमा र दीपकुमारी मार्ग हरिमार्गमामा ढल ढुंगा बिच्छयाउने काम भइरहेको छ ।

विशाल मिलन केन्द्र, प्रगति टोल, वंशिधर मार्ग, गोमती मार्ग, सुखी मार्ग र गैरीमार्गमा ढलान र ब्लग बिच्छाइएको वडाध्यक्ष विष्टले जानकारी दिएका छन  ।

तपाइँको प्रतिक्रिया ।