कागेश्वरी मनोहरा नगरपालिकाको कोरोना परिक्षण बिवरण सार्वजनिक

कागेश्वरी मनोहरा नगरपालिकाको कोरोना परिक्षण बिवरण सार्वजनिक

कपन अनलाइन

काठमाडौं, श्रावण १५। कागेश्वरी मनोहरा नगरपालिका स्वास्थ्य शाखा बाट नगरपालिकाको मुलपानी नगर अस्पताल र आलापोट स्वास्थ्य चौकी बाट मिति २०७७ बैशाख १ गते देखी २०७७ श्रावण १२ गते सम्म COVID 19 रोकथाम नियन्त्रण र उपचारको लागी PCR/RDT बाट परि़क्षण गरीएको बिवरण सार्वजनिक गरिएको छ।

नगर प्रमुख कृष्णहरि थापाले सामाजिक संजालमार्फत उक्त बिवरण सार्वजनिक गरेका हुन। जसमा हाल सम्मPCR Test १६५७ जनाको गरिएको र PCR Positive आएको संख्या १२ जना रहेको र  सबै उपचार पछि निको भएको उनले जनाएका छन  । त्यसै गरि  RDT Test १३३५ जनाले गरेकोमा अहिले सम्म RDT Positive आएको संख्या  ३५ जना रहेको जानकारी गराउदै ।कागेश्वरी मनोहरा नगरपालिकामा क्वारेन्टाईन मा  १४२ जना बसेको जानकारी गराए   ।

तपाइँको प्रतिक्रिया ।