स्थानिय तहको नेतृत्व र बजेट
कपन अनलाइन
काठमाडौं ,असार २८/रामबहादुर सुनार
केही दिन अगाडी देखि केन्द्र, प्रदेश हुदै स्थानिय तह अन्तरगत गाउँपालिका र नगरपालिकाहरुको सभाहरु निरन्तर रुपमा संचालनमा थिए हाल सम्पन्न भएको छ ।
लामो समय पछी जनताले जनताकै नाममा बजेट विनियोजन गर्नेकुरा आफैमा सुन्दर पक्ष हो यद्यपि यो कार्यबाट जनता आफैले गौरब अनुभूत गर्न पाएका छन् वा छैनन् ? जनताले आफुले चुनेको जनप्रतिनिधि सही चुनेका रहेछौं भन्ने अनूभूत गर्नपाएका छन् वा छैनन् ? निर्वाचित जनप्रतिनिधि जनताप्रति कति जिम्मेवार ढंगले अगाडी बढेका छन् ? प्रश्नहरु अनगिन्ती उदेलित भएका छन् तर जफाफदेहीता कस्ले लिने यहा अन्यौलता छाएको छ ।
स्थानिय जनप्रतिनिधि र तिनका कार्यशैली जनप्रतिनिधि कुनै राजा महाराजा हैनान् यद्यपी उनीहरुको तौर तरिका र शैलि हेर्दा त्यो छनक देख्न सकिन्छ । उनिहरु हिजो अर्थात जनप्रतिनिधि नहुदा र आज हुदा आकाश र जमिनको फरक छ । उनिहरु आज जनताको मतले जितेर नभई कुनै दैविक शक्तिको आडमा यो पद र प्रतिष्ठा पायको जस्तो दम्भ र घमण्ड देखाउन थालेका छन् ।
यो शुखद कुरा हैन् । हिजो निर्वाचन अघिसम्म जसरी पार्टी चाहीयो, पार्टीका साथीहरु चाहियो, जनता चाहियो त्यो भोली पनी चाहीन्छ भन्ने कुरालाई नजर अन्दाज गर्दै जाने हो भने निश्चयपनी भोली त्यसको परिनाम शुखद हुदैन् ।
प्रजातन्त्र/लोकतन्त्र भित्र जनप्रतिनिधिको मनोमानीतन्त्र निश्चय पनी हिजो निर्वाचनका सन्दर्भवमा जुत्ता फटाउने, टाउको फुटाउने र ज्यानलाई बाजिराखेर भोक तिर्खा, दिन रात नभनि लड्ने भिड्ने नेता कार्यकर्ता र मत हाल्ने मतदाताहरुले चाहेका हैनन् र छैनन् पनी । हिजो चुनाब नेताले मात्र लडेका हैनान् त्यसमा क–कसको भूमिका छ ? पार्टी, नेता, कार्यकर्ता….।
त्यसलाई नजर अन्दाज गरेर जाने हो भने हचुवाकै भरमा पुरानै तौर तरिका र शैलीलाई पछ्छाउदै जाने हो भने । लोकतन्त्रको उपहास त भयो नै विनास पनी यहिबाट सुरुहुने कुरालाई भूल्नुहुदैन । जनप्रतिनिधिको अलमल संविधानले स्थानिय तहलाई एउटा सरकारको रुपमा ग्रहण गरेको छ । तर निति, कार्यक्रमहेर्दा स्थानियतहका नेताहरुले सरकारको रुपमा ग्रहणनै गर्न सकेको पाईदैन ।
हिजो जनप्रतिनिधि विहिन स्थानिय निकायको जस्तो अहिलेको जनप्रतिनिधि भएको स्थानिय तहलाई पनी बुझेको जस्तो देखिन्छ । कोही आजपनी कर्मचारीबाटै परिचालित हुने त कोही आफुलाई राजा महाराजाको रुपमा प्रस्तुत गर्ने शैली दुबै गलत हो यसप्रति दुबै सचेत हुन जरुरी छ । समग्रमा विगतकै निरन्तरता बाहेक आजपनी कुनै नयाँअनूभूतिलायक काम हुन सकिरहेको पाईदैन् । स्थानिय तह स्थानिय तहको श–शक्त सरकार हो । तर निकाय भन्नाले एउटा सेवा प्रदायक ईकाई मात्र हो ।
तर यही भिन्नता छुट्टाउन नसकेर जनप्रतिनिधिहरु अलमलमा परिरहेको जस्तो देखिन्छ । स्थानिय तहको जनप्रतिनिधिहरुले अविलम्ब शशक्त ढंगले प्रयोगमा ल्याउनु पर्छ । दायित्वबोध गरेका कृयाकलापहरु महसुस हुने गरि कार्यकारी अधिकारहरु प्रयोगमा ल्याउनु पर्दछ । तर अधिकार र दायित्वबोध पोको पारेर राख्ने हो भने आलोचना त हुन्छ नै सुखद पनी हुन जादैन् ।
अलि अलि विरोध विबाद र आलोचना आउनु अस्वभाविक हैन् । किनकि स्थानिय सरकार सुरुवात हो । संगसंगै माथिल्लो निकायहरु र कर्माचारीहरु स्थानिय सरकारमा कुनैपनी कुरालाई नदिने खेल खेलिरहेको देखिन्छ । कानूनको अभाब, जनशक्तिको अभाब, जनप्रतिनिधिको कार्यसम्पादनमा अन्यौलता र सुविधामूखी कार्यशैली प्रमुख समस्याको रुपमा देखापर्दै आईरहेका छन् । तर यसो भनेर जनप्रतिनिधिले शुखपाउने वाला छैनन् । तर पनी अहिले सम्मको अबस्था हेर्दा संघियता कार्यन्वायनको तल्लो तह प्रदेश र स्थानियतहरु लगभग असफलनै देखिन्छ ।
बजेट बारे सक्षम नेतृत्व, कि आफै जानकार हुनुपर्दछ हैन भने जानकारहरुको सुझाब सल्लाहलाई मनन गरेर अगाडी बढ्ने सामर्थ राख्नुपर्दछ । तर हाम्रा जनप्रतिनिधिहरुमा त्यो दुबै कुरा पाईदैन् । नाताबाद, कृपाबाद, फरियाबाद बाट मुक्त हुन नसक्ने क्षेमता हाम्रा जनप्रतिनिधिहरुमा पाउन मुस्किल छ । त्यसो त पहिला आफु, त्यस पछी परिबार अनि पार्टीभित्रका स्वार्थ मिल्नेहरुको समूह अनि मात्र पार्टी र जनता सोच्ने र उनिहरुकै अनुकुल अगाडी बढ्ने हाम्रो नेतृत्व शैलीले सिंगो पार्टी आलोचित भएका तथ्यहरु यतातत्र सर्बत्र देख्दै र भोग्दै आएका छौं । यसैको साघुरो घेराभित्र हाम्रो बजेट गुज्रिरहेको छ ।
आफ्ना भनेपछी फेग वील भर्पाई बुझायकै भरमा कार्यसम्पन्न भएको भन्दै भुक्तानी लिएका तथ्यहरु यो लेखक स्वयम् सयौ नजिरहरु पेश गर्न सक्दछ । नाताबाद, कृपाबाद, फरियाबाद वरीपरि घुम्ने बजेटले आम महिला, दलित, जनजाती, अपांग, बालबालिका बृद्धाको भाबनाको कदर हुनसक्छ वा सक्दैन ? जनप्रतिनिधिहरुले यसको जवाफ दिने नैतिक आधर गुमाईसकेका छन् ।
विकासका पूर्वधारहरु शिक्षा, स्वाथ्य, यातायात, खानेपानी र विजुली, संचार लगायतका क्षेत्रमा बजेटहरुको सही कार्यन्वायन र असारे विकास गर्ने अनि त्यबाट आएको कमिसनमा रमाउनु दैनिकि बनाउदै आएका नजिरहरु पनी प्रसस्त छन् । यदि यस्तो हुदैजानेहो भने अर्को नयाँ वर्ग निर्माण हुने र त्यो समाजकालागि घातक सावित हुने कुरामा दुईमत छैन् ।
अन्तमा, जनप्रतिनिधि शाशक हैनन् उनीहरु जनताका सेवक भएर काम गर्नुपर्छ । तर जनप्रतिनिधिहरु दिनानुदिन समाचारका हेडलाईन बन्ने गरेको छ त्यो राम्रो काम गरेर भए त जनताले स्याबासीनै दिन्थे तर विडम्बना कसैलाई जुवाघरबाट पक्रेको, कसैलाई अनैतिक सम्बन्धकै विचमा भेटेको मात्रै हैन नागरिता बेचेर कमिसन खाएको, तस्करी गरेको केसमा सजाय भोगिरहेका समाचारहरु पनी छ्याप्प छ्याप्ती छन् । नेपाली जनताले एउटा राजा फालेर हजारौ राजाहरुको जन्महोस् भन्ने चाहेका छैनन् । यदी त्यो चाहाना हो भने त्यो भ्रमबाट मुक्त भएहुन्छ । हास्दै शाशक बनेकाहरु रुदै विदाभएका ईतिहासहरु कयौं छन् । चेतना भया ।