रहेनन सिन्धुका शिक्षा धरोहर पाेषप्रसाद नेपाल

रहेनन सिन्धुका शिक्षा धरोहर पाेषप्रसाद नेपाल

कपन अनलाइन

सिन्धुपाल्चोक ,असार २८/दिपक विक्रम देउजा

सिन्धुपाल्चोक जिल्लामा औपचारिक शिक्षाको अभियन्ता पाेषप्रसाद नेपालको ९६ वर्षको उमेरमा असार २७ गते निधन भएको छ। नेपाल श्री ३ पद्म शमशेरले लालमाेहर बाट सिन्धु पाठशाला स्थापना गर्ने  मध्येका एक अभियन्ता थिए।

वि.संं. २००६ सालमा स्थापना भएको  सिन्धु पाठशाला हाल सिन्धुपुरानागाउँ माविका रुपमा संचालन भैरहेको छ।जिल्लाको नामकरण भएको सिन्धु नदीको समिपमा रहेको सिन्धुकोटलाई शैक्षिक उन्नयनको केन्द्रका रुपमा स्थापना गर्नका लागि महत्वपूर्ण योगदान पुर्याएका नेपालले लामो समय अध्यापनमा विताएका थिए ।

गीताकाे सार सम्बन्धी पुस्तक समेत लेखेका स्वर्गीय नेपाल सरल, मृदुभाषी र प्रेरणादायी व्यक्तित्व थिए।

तपाइँको प्रतिक्रिया ।