प्रदेस सभा सदस्य मोहन खड्काको पहलमा चम्पादेवीमा २० आकर्षक योजना

प्रदेस सभा सदस्य मोहन खड्काको पहलमा चम्पादेवीमा २० आकर्षक योजना

कपन अनलाइन 

काठमाडौं ,असार २८।

ओखलढुंगा जिल्ला बाट निर्वाचित  प्रदेश न १ का अर्थसमितिका सभापति मोहन कुमार खडका “हिमशिखर” को पहलमा चम्पादेवी गाउँपालिकामा २० वटा आकर्षक योजना परेका छन।

सडक निर्माण , खानेपानीमा, कुलो ,सिंचाई र भ्यु टावरका योजनाहरुलाई  प्राथमिकता राखेर बजेट व्यवस्थापन गरिएको छ भने सबै भन्दा बढी रकम नबलपुर , पलापु , ताप्केडाडा, कोषभञ्ज्याङ् सडकलाई व्यवस्था गरिएको छ। 

प्रदेस सभा सदस्य खड्काको पहलमा चम्पादेवीमा परेका योजनाहरु :
१)नबलपुर , पलापु , ताप्केडाडा, कोषभञ्ज्याङ् सडक -१ करोड १० लाख
२) घोराखोरी ,डडुवा, चिप्लिङ्ग , राङ्चा , सिल्खुबेसी सडक -५० लाख
३) ताप्केडाडा ,चिप्लिङ्ग ,जल्केनि , घोराखोरी सडक -५० लाख
४) मालिङ्गे भ्यु टावर निर्माण चम्पादेवि ५ – ४० लाख
५) रानिबन खानेपानी -४० लाख
६)चम्पादेवी ४ बृहत् खानेपानी योजना -१५ लाख
७)पलापु लिफ्ट खानेपानी -१५ लाख
८)ठाटेखोला लिफ्ट खानेपानी -२० लाख
९)रानिबन डिप बोरिङ्ग खानेपानी -२५ लाख
१०)सिल्खु खोला मुहान गरि कमिले चौर खानेपानी -३० लाख
११)पुनटार खानेपानी पलापु -२० लाख
१२)बिलन्दु खानेपानी -१० लाख
१३)सुपारे खोला ,ओख्रेनी , मिश्रभन्ज्याङ्ग कुलो – ५ लाख
१४) कालिका पम्पिङ्ग खानेपानी -१० लाख
१५)लालिखोला चम्पादेवी ४ सिचाइ -१ लाख ५० हजार
१६)सिल्खु रमालेटार सिचाइ-१० लाख
१७)लिखु खोला भर्याङ्ग सिचाइ -५ लाख
१८)पुनटार सिचाइ योजना १० लाख ५० हजार
१९)अचानेबारी चिलाउने सिचाइ-२ लाख
२०)खानिखोला मसार सिचाइ चम्पादेवी ९ -८ लाख

तपाइँको प्रतिक्रिया ।