निजि विद्यालयका अभिभावकलाई सामुदायिक विद्यालयका प्रधानाध्यापकको अनुरोध

निजि विद्यालयका अभिभावकलाई सामुदायिक विद्यालयका प्रधानाध्यापकको अनुरोध

कपन अनलाइन 

काठमाडौं ,असार २८।

कोरोना प्रकोपका कारण अहिले नेपालका सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द रहेका छन। सबै शैक्षिक संस्थाहरु बन्द रहेको अवस्थामा विभिन्न विद्यालयहरुले अनलाइन ,रेडियो ,टेलिभीजन जस्ता बैकल्पिक माध्यमको प्रयोग गर्दै पठनपाठन गरिरहेका छन।लकडाउनको विषम अवस्थामा अहिले विभिन्न निजि विद्यालयहरुले शुल्क असुलेको समाचारले संचार माध्यममा स्थान पाइरहेका छन भने सामुदायिक विध्यालयमा क्वारेन्टाइन निर्माण गरिएका कारण पठन पाठन हुन् सकेको छैन।

धेरै मानिसहरुमा सामुदायिक विद्यालयको सेवा ,सुविधा र प्रभावकारिता माथि प्रश्न उठिरहेको बेलामा नव जागृति मावी बौद्ध रामहिटीका प्रधानाध्यापक डम्बर राईले अभिभावकहरुमा अनुरोध गरेका छन।

काठमाडौं महानगरपालिकामा नमुना विद्यालयका रुपमा आइ सी टि कक्षा ,अंग्रेजी माध्यममा पठन पाठन , नियमित अनलाइन कक्षा संचालन गर्दै आइरहेको सो विद्यालयका प्रधानाध्यापक राईको अभिभावकमा अनुरोध :

निजि विध्यालयमा आफ्ना छोराछोरी पढाउनुहुने अभिभावकहरुलाई पहिला नै थाहा हुन्छ कि त्यहा पढाउदा पैसा तिर्नुपर्छ । त्यसैमाथी त्यो स्कुलले  मासिक शुल्क, वार्षिक शुल्क, भर्ना  शुल्क, बसको भाडा,कम्प्युटर शुल्क लगायत अन्य धेरै शुल्कको बारे पहिला नै जानकारी दिएको हुन्छ। अझ क्याटलग हातमा थमाएर नै पठाएको हुन्छ ।

त्यसैले अहिले आएर स्कुलले पैसा माग्यो भन्न कति सुहाउछ ? स्कुल सन्चालकहरुको चाहिँ समस्या हुन्न ? तपाईले स्कुलमा पैसा तिर्न समस्या भए जस्तो बोर्डिङ सन्चालकहरुको चाहिँ भाडा तिर्ने समस्या, तलब दिने समस्या, बैकको ब्याज तिर्ने समस्या, गाडिको किस्ता तिर्ने समस्या आदि हुदैन ?

सरकारले सबै घरबेटिले एक महिनाको घरभाडा छुट देउ भन्दा चै एक रुपैया  नछोड्ने, उल्टै बत्तिमा, फोहोरमा, मर्मत आदि आदिमा कोठावाल सङ्ग फाईदा खाने अनि तिनै घरधनिहरु अहिले बोर्डिङ्गले पैसा लिन पाईन्न भनेर सरकारले भनेको छ भन्दै चिच्याउन मिल्छ ?

कि सरकारको निर्णय बोर्डिङ्ग सन्चालकहरुलाई मात्रै लाग्ने हो ? बोर्डिङ्ग सन्चालकहरुले हिजो  फाईदा हुदा चाही  बोनस बाडेन आफैले खायो आज अप्ठ्यारोमा शिक्षकहरुलाई तलब लगायत अन्य सुबिधा, विध्यार्थी शुल्क छुट आदि दिनुपर्छ भन्ने तर्क पनि सुनियो देखियो । त्यसो भए अहिले सम्म तपाईले चै कति वटा त्यस्तो स्कुल वा कम्पनी खोल्नुभाछ र आफ्नो लगानिकर्ता सदस्य बाहेक अन्य कर्मचारिलाई बोनस बाड्नुभाछ (चाडपर्व खर्च बाहेक) ? यसो भरपाईहरु पनि अप्लोड गरौ न हामी पनि हेरौ ।

कुर्लिन जति सजिलो छ नि गर्न उतिनै गार्हो छ । अर्को कुरा बोर्डिङ्ग सन्चालकरुले लगानी गरेर आएको प्रतिफल लिन्छु भनेर नै लगानी गरेको हो र दर्ता पनि त्यही अनुसार भएका हुन ।

यदि कर्मचारिलाई बोनस बाड भनेर चिच्याउनुहुन्छ भने तपाईं पनि एउटा बोर्डिङ्ग खोल्नुस अनि करोडौ  लगानी गर्नुस र आको फाइदा कर्मचारिलाई बाडेर देखाउनुस । यधपी सबै बोर्डिङ्ग स्कुलहरुले मुनाफा बाट सामाजिक उत्तरदायित्व अन्तर्गत चै सन्चालकरुले निश्चित रकम खर्च गर्नै पर्छ । गर्नु भएको   छैन भने अब देखि गर्नुहोला ।

त्यसैले अब दुईटा बिकल्पमा रहेर निकास खोजौ:

१. पैसा तिर्न सक्नुहुन्छ भने बोर्डिङमा भर्ना गर्नुस र स्कुलले के भन्छ मान्नुहोस खुरुक्क पैसा तिर्नुहोस, तिर्नै पर्छ त्यो तपाईको दायित्व र जिम्मेवारी दुबै हो ।

२. होईन भने हामी छौ, देशभर झण्डै २९ हजार सामुदायिक विध्यालयहरु छन । आउनुहोस हामी अहिले कुनै पनि शुल्क नलिई नै यहाहरुको बालबच्चा पढाउछौ । एक पटक आफ्नो नानिबाबु भर्ना गरेर सामुदायिक विध्यालयलाई बिस्वास गर्नुहोस । पहिलाको जस्तो होईन अहिले सामुदायिक विध्यालयको स्तर, क्षमता, ब्यवस्थापन र काम गर्ने शैली परिवर्तन भएका छन । एकाध विध्यालय बाहेक प्राय सबै सामुदायिक विध्यालय अहिले अब्बल छन । एक पटक नजिकको सामुदायिक विध्यालय भ्रमण गरौ, हेरौ अनि बुझौ । सोच बदलौ ।

तपाइँको प्रतिक्रिया ।