लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गत एरिया प्लानिंग मिटिंग सम्पन्न
कपन अनलाइन
काठमाडौं असार २८। लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गत एरिया प्लानिंग मिटिंग सम्पन्न भएको छ। राजधानीको दियालो फुडल्याण्डमा शुक्रबार एरिया कोर्डिनेटर लायन अच्युत बिष्टको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा डिस्ट्रिक गभर्नर लायन टंकबहादुर श्रेष्ठ, रहेका थिए भने बिसेष अतिथिमा डिस्ट्रिक सेकेन्ड भाइस गभर्नर लायन कर्मा गुरुङ माइ एल सी आइ चिफ लायन रमेश लामा क्याबिनेट सेक्रेटरी लायन बिमल कुमार श्रेष्ठ, क्याबिनेट ट्रेजरर लायन श्याम कुमार यादब चिफ गभर्नर्स एड लायन हरि दाहाल, चिफ डिस्ट्रिक एड्मिनिस्टे्रसन सुरेन्द्र प्रकाश बालय एडिसनल क्याबिनेट सेक्रेटरी लायन मंदर शिखर बन्धोपाध्य,
चिफ ट्राफिक अवेरनेस लायन मधुसुधन सिग्देल, टिम एरिया लिडर लायन महेश श्रेष्ठ, जी एमटी डिस्ट्रिक कोर्डिनेटर लायन धर्म शरण श्रेष्ठ इभेन्ट म्यानेजमेन्टचिफ लायन जयराम बिष्ट एडिसनल क्याबिनेट सेक्रेटरी लायन राजन श्रेष्ठ, जोन चियरपर्सन लायन देबेन्द्र थापा डिस्ट्रिक चियरपर्सनल लायन ठण्ड राज ठकुरी लगायत एरिया ४ अन्तर्गत रहेका जोन रिजन चियर पर्सन सहित लायन्स लिडर तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।कार्यक्रमको आयोजकको रुपमा लायन्स क्लब अफ काठमाडौं आकर्षण रहेको थियो ।
राष्ट्रिय गान संगै शुरु भएको कार्यक्रममा रिजन चियरपर्सन लायन जेनी श्रेष्ठले झण्डाको अभिवादन गरेकी थिइन । एक मिनेट बिश्व शान्तिको पार्थना गरिए संगै कार्यक्रमको अध्यक्षता गरेका एरिया कोर्डिनेटर लायन अच्युत बिष्टले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए ।
कार्यक्रममा एरिया ४ अन्तरगत रहेकातीन वटा रिजन र ७ वटा जोन जसमा लायन्स क्लब अफ काठमाडौं दर्पण, लायन्स क्लब अफ काठमाडौं एकेडेमिक, काठमाडौं सेन्चुरी, काठमाडौं गेट वोए , त्यसै गरि जोन xivका जोन चियर पर्सन लायन डा. पवन कुमार शर्मा रहेको लायन्स क्लब अफ काठमाडौं पशुपति नाथ,काठमाडौं गुह्येश्वरी, काठमाडौं सुकुन्दा, बुढानिलकण्ठ भन्स त्यस्तै रिजनvii अन्तर्गत रिजन चियर पर्सन लायन बुद्धि बहादुर कार्की र जोन xvका जोन चियर पर्सन लायन महेश पण्डित रहेको लायन्स क्लब अफ काठमाडौं स्काई लिमिट, काठमाडौं माउन्ट मकालु, काठमाडौं हिमालय, बुढानिलकण्ठ ग्लोबल ठट, बुढानिलकण्ठ हात्तीगौडा,
त्यसैगरि जोन xvi को जोन चियरपर्सन लायन देबेन्द्र थापा रहेको लायन्स क्लब अफ काठमाडौं कपन,काठमाडौं युनाइटेड ग्रुप ,काठमाडौं इन्फिनिटी, बुढानिलकण्ठ गोल्फुटार, लायन्स क्लब अफ काठमाडौं बुढानिलकण्ठ भंगालियन ,काठमाडौं ग्रिन वर्ल्ड बुढानिलकण्ठ मण्डिखाटार बुढानिलकण्ठ भिलेज पार्क, त्यस्तै जोन xviii का जोन चियर पर्सन लायन घनेश्वर बादे श्रेष्ठ अन्तर्गत रहेका लायन्स क्लब अफ काठमाडौं एपेक्स वोर्ल्ड बुढानिलकण्ठ चपली बुढानिलकण्ठ ह्यापी, बुढानिलकण्ठ
त्यस्तै जोन x।xका जोन चियरपर्सन लायन प्रदिप घिमिरेअन्तरगतका क्लब लायन्स क्लब अफ काठमाडौं एक्वेरस, काठमाडौं माउन्ट गौरीशंकर, बुढानिलकण्ठ चुनिखेल ,बुढानिलकण्ठ चुनिखेल, बुढानिलकण्ठ एमरल्ड, बुढानिलकण्ठ टुपेक र बुढानिलकण्ठ उगलटार का प्रतिनिधिहरुले बार्षिक कार्य योजना पेश गर्दै क्लबले गरेका कार्यक्रमको समिक्षा गरेका थिए ।
कार्यक्रममा क्लबले लायन्स वर्ष २०१९ /२० मा गरेका कार्यहरु र लायन वर्ष २०२०/२१का लागि गर्ने सामाजिक कार्यहरु संयुक्त रुपमा गर्दा कसरि गर्न सकिन्छ भनेर पनि छलफल गरेका थिए ।कार्यक्रममा माइ एल सी आइ चिफ लायन रमेश लामा क्याबिनेट सेक्रेटरी लायन बिमल कुमार श्रेष्ठ, क्याबिनेट ट्रेजरर लायन श्याम कुमार यादब लगायतले शुभकामना मन्तब्य राखेका थिए।
कार्यक्रममा बिशेष अतिथिको रुपमा शुभकामना मन्तब्य राख्दै डिस्ट्रिक सेकेन्ड भाइस गभर्नर लायन कर्मा गुरुङले आयोजकलाइ धन्यबाद दिदै दुःखमा परेका मानिसहरुलाई केहि सहयोग गर्न पाउदा हामी खुसी हुन्छौ र यस्ता खुसीहरुले हामीलाई आत्मसन्तुष्टि दिने बताए । आत्मसन्तुष्टि नै जीवनको सबै भन्दा ठुलो उपलब्धी हो, यसले नै हामीलाई बाँच्नका लागि प्रेरित गर्ने बताए ।
लायन्स क्लब मानवीय धर्म, आस्था र मर्मलाइ आत्मसाथ गर्दै निःस्वार्थ भावले समाजमा सेवा गर्ने एक अन्तराष्ट्रिय समाजिक संस्था भएको बताउदै । कमजोर अनि दुःख वा पिडामा रहेका व्यक्तिहरुलाई आफ्नो खुसीले सहयोग गर्ने र सहयोगको वातावरण श्रृजना गर्दै मानव सेवालाई नै आधार बनाएर ‘वि सर्भ’ अर्थात हामी सेवा गर्छौ नारा बोकेर अघि बढेको बताए ।निस्वार्थ सामाजिक भावले समाजमा सेवा गर्ने लक्ष्य र उदेश्यले विभिन्न क्षेत्रहरुमा लायन्स क्लबहरुले काम गरिरहेको बताए ।उनले डिस्ट्रिक ३२५ ए१ले ले स्थापना गरेको फुड ब्यांक को उदाहरण दिदै कोरोना महामारीको बेला सो ब्यांकले गरेको कार्य उदाहरणीय रहेको बताउदै डिस्ट्रिक गभर्नर लायनटंक बहादुर श्रेष्ठले लिएको प्लान एक्सनलाइ साथ् दिदै त्यसलाई सफल बनाउन सबै जना अघि बढ्नु पर्ने बताए।
त्यस्तै कार्यक्रममा प्रमुख अतिथिको रुपमा शुभकामना मन्तब्य राख्दै डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठले आयोजकलाइ धन्यवाद दिदै लायन्सको इतिहासको बारेमा जानकारी गराएका थिए उनले क्लबलाइ धेरै भन्दा धेरै सामाजिक कार्य गर्न प्रोत्साहन गर्दै आगामी दिनमा क्लबका गतिविधिहरुले सामाजिक क्षेत्रमा अतुलनीय सहयोग पुग्ने विश्वास गरे ।
समाज प्रति केही गछौं भन्ने उद्देश्यका साथ लायन्स क्लबमा लागेको हुदा हरेक समुदायसँग सहकार्य गरेर बर्ष भरिमा क्लबले सामाजिक काम गरि उत्कृष्ट बनाउनुपर्नेमा जोड दिएका थिए । डिस्ट्रीक्ट गभर्नरको ध्येय प्राप्तिको लागि कार्य राम्रा योजना बनाई कार्यन्वयन गर्न पर्ने बताए। कार्यकाल भरी आफुहरुले सकेको साथ र सहयोग प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गर्दै सेवामुलक काम गरेर क्लबको ख्याती लाइ झनै बढाएर लैजान अनुरोध गरेका थिए। लायन्सले गर्दै आएका केहि कार्यहरु समाजमा उदहारणीय रहेका भन्दै । बिभिन्न बिषयमा सचेतनाका कार्यहरु, मधुमेह रोग बारे सचेतना तथा परिक्षण, वातावरण सरसफाई, क्यान्सर सचेतना तथा उपचारमा सहयोग, खाद्यान्न वितरण, दृष्टी सम्बंधी सचेतना तथा उपचारमा सहयोग, जनस्वास्थ्यका कार्य, कपि वितरण, विपद को बेलामा खाद्यान्न लगायत अन्य सहयोग, रक्त संकलन, प्रजननृ स्वस्थ्य, मानशिक रोग, महिनाबारी, भुइचालो तथा हावा हुण्डरीपछी तथा अहिले माहामारीको बेला पनि राहत वितरण छाला बैंक स्थापना लागायतका कार्यहरुले समाजमा लायन्सको गरिमा बढाएको बताए । उनले आफ्नो कार्यकालमा थप सेवाको कार्य गर्दै टिमलाइ संगै लिएर अघि बढ्ने पनि बताए। उनले आफ्नो थिम नै टिम भएको हुँदा समूह गत रुपमा थुप्रै काम गर्न सकिने बताए ।
उनले जुलाई १ बाट शुरु भएको लायन वर्ष २०२०/२१मा नै धेरै सामाजिक कार्य गरेकोमा सबैलाई धन्यबाद दिदै १५हजार पिन्ट रगत संकलनको योजना रहेको र त्यो पुरा गर्न सबै जना लाग्नु पर्ने बताए। उनले शुरुमा नै १६ सय पिन्ट रगत संकलन गर्न सकेको जानकारी गराउदै त्यो अभियान सफल हुने बिश्वास ब्यक्त गरे। उनले इन्टरनेसल गभर्नरको प्लान एक्सन र डिस्ट्रिकको योजनालाई मुर्तरुप दिन सबै जना एक जुट भएर अघि बढ्नु पर्ने र त्यसमा सबैको साथ र सहयोग पाउने बिश्वास ब्यक्त गरे ।कार्यक्रममा टिम एरिया लिडर लायन महेश श्रेष्ठले अब्जरभेसन रिमर्क्स दिएका थिए भने कार्यक्रममा जोन चियरपर्सन महेश पण्डितले धन्यवाद ज्ञापन गरेका थिए ।
फोटो :सरोज बस्नेत