वीपी संग्रहालयका कार्यसमितिको अध्यक्षमा पुन: परशुराम पोखरेल चयन

वीपी संग्रहालयका कार्यसमितिको अध्यक्षमा पुन: परशुराम पोखरेल चयन

कपन अनलाइन

काठमाडौं, असार २८ ।वीपी संग्रहालयका कार्यसमितिको नवौँ साधारणसभा सम्पन्न भएको छ । साधारणसभाबाट अध्यक्षमा पुन परशुराम पोखरेल चयन भएका छन् । शनिबार भएको संग्रहालयको नवौँ साधरणसभाले पोखरेललाई अध्यक्षमा सर्वसम्मतिले चयन गरेको हो ।  वीपीले जेल जीवन बिताएको काठमाडौंको सुन्दरीजलमा पोखरेलकै पहलमा संग्रालय स्थापना भएको थियो ।

वरिष्ठ उपाध्यक्षमा श्री श्रीहर्ष कोइराला, उपाध्यक्षमा हेमन्तकेशर पण्डित, महासचिवमा तारणी दत्त चटौत, कोषध्यक्षमा पुरुषोत्तम बस्नेत र सचिवमा ध्रुवकुमार श्रेष्ठ चयन भएका छन् । त्यस्तै, सदस्यमा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कृष्णमुरारी भण्डारी, डा. ध्रुव शर्मा मुडबरी, पूर्व सभासद किरण यादव, पूर्वराज्यमन्त्री दीपक खड्का, पूर्वमन्त्री सुशीलमान शेरचन, कुलचन्द्र वाग्ले, सानु श्रेष्ठ, दिनेश अर्याल, अनार बस्नेत र राम मानन्धर रहेका छन् ।१९ सदस्यीय कार्यसमितिमा बाँकीलाई पछि मनोनयन गरिने अध्यक्ष पोखरेलले बताए । संग्रहालयको संरक्षकमा कांग्रेस सभापति शेरबहादुर देउवा रहेका छन् । २२ जेठ २०४७ मा वीपी संग्रहालय पूर्वाधार समिति बनाइएको थियो ।

 ‘सर्वसम्मतिमा अध्यक्षमा चयन भएका पोखरेलले संग्रालयलाई व्यवस्थित गर्दै लैजाने प्रतिबद्धता जनाएका छन। उनले संग्रालयको विकासमा कुनै कसर बाँकी नराख्ने बताए  । २०५४ सालमा संस्कृति तथा खेलकुद मन्त्रालयले ५ सदस्यीय बीपी संग्रालय अध्ययन कार्यदल गठन गरेको थियो । २०५४ सलाको माघ २६ गते तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाको मन्त्रिपरिषद्ले संग्रालय स्थापना गर्ने निर्णय गरेको थियो । २०७२ सालको भूकम्पपछि संग्रालयको पुनः निर्माण भइरहेको छ ।

फोटो : सौजन्य प्रारम्भ खबर

 

तपाइँको प्रतिक्रिया ।