नेपाल कबड्डी लिग खेल्न बिदेशी खेलाडी, प्रशिक्षक काठमाडौं ओर्लँदै

नेपाल कबड्डी लिग खेल्न बिदेशी खेलाडी, प्रशिक्षक काठमाडौं ओर्लँदै

कपन अनलाइन

काठमाण्डौ ,पुस २३।

अखिल नेपाल कबड्डी लिग (एनकेएल) खेल्नका लागि बिदेशी खेलाडी र प्रशिक्षक काठमाडौं ओर्लन थालेका छन् । भारतबाट दुई प्र्रशिक्षक, केन्या र बंगलादेशबाट पाँच जना खेलाडी आइसकेका छन् ।
त्रिपुरेश्वरस्थित कभर्डहलमा जनवरी १७ देखि हुने एनकेएलको पहिलो सिजनमा काठमाडौं ओर्लने पहिलो बिदेशी आलोक सिंह बने । यी भारतीय प्रशिक्षक काठमाडौं माभरिक्सको टिम सम्हाल्न आइपुगेका हुन् । पोखरा लेकर्सले पनि भारतबाटै प्रशिक्षक भित्राएको छ । उसले राजाराम पेरियापुलियनलाई ल्याएको हो ।
धनगढी वाइल्डक्याट्सले अनुबन्ध गरेका केन्याली खेलाडी स्टेफेन एमोलो एडोंगो टिममा सामेल भइसकेका छन् । एनकेएलमा आबद्ध बंगलादेशका चार खेलाडी पनि आइसकेका छन् ।
काठमाडौं माभरिक्सका मिजानुर रहमान, पोखरा लेकर्सका मोनिरुल चौधरी र सबुज मियासँगै धनगढी वाइल्डक्याट्सका यासिन आराफात पनि काठमाडौं आइपुगेका छन् । एनकेएलको पहिलो सिजनमा आबद्ध भएका १७ जना बिदेशी खेलाडीमध्ये बाँकी खेलाडीको आगमन केही दिनभित्रै हुने संघले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।