फूल : तिलकराम पोख्रेल (कविता )
कपन अनलाइन
काठमाडौं ,असार २७।
म बगैंचामा हैन
कलश म हुर्केको हुँ
मेरो रङ् र आकार
स्वेच्छामा छैन
म….. मेरो पात र
काँडामा खुशीहुन
पटक्कै सकेकी छैन
म मेरो सौन्दर्यमा
पटक्कै रमेकी छैन
मलाई पोतीएका
सत्कारका रङहरू
मलाई दपेटीएका
सँस्कृतिकापातहरू
मलाई गाडीएका
बन्दनकाकिलाहरू
म रून पनि सकेको छैन
म हाँस्नपनि सकेको छैन…
मेरो रहर छ
म मेरै रङमा बसुँ
म मेरै काँडाको अहंमानाचुँ
म मेरो पातमाहुर्कुँ
म मभएरै बाँच्नपाउँ ……
मलाई कसैले कलसबाट
निकालेर आकाशतर्फ
फेकीदियोस् ताकि म
एक एकपात गरि
चरिझैं उड्न पाउँ
मन्दवायुसँग
बुलन्द कुरा गर्न पाउँ
जहाँकृत्रिम कसैको नहोस्
मेरो ,वायुको र भूगोलको
अवरूद्ध नभएकाआर्तनादकाध्वनीहरू
आकाशलाई चुमिरहोस् …….
नितान्तकुनै रोकावटमा
नबल्झी कन ……
म फूल हूं
कलशमाहैन
आकाशफुल्नलागेकीफूलहुँ
जहाँचरिहरूसँग स्वतन्त्र
मित्रतागाँस्न पाइन्छ
मनका बह पोख्न पाइन्छ
वायुको छालसँगै
मनलाई बहलाउन पाइन्छ
जहाँकुनै अनुराग छैन
मात्रउल्लास…. यौवनको प्यास
र बिना कुरै त्रास ………
हो म फूलहूँ
अदृष्य ठाउँमा मन लुकाएकी
फूल हुं…
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक