छोराको जन्मोत्सब : कुमार पोखरेल (कविता )
कपन अनलाइन
काठमाडौं ,असार २७।
छोराको जन्मदिनमा सम्झन्छु खुसी भैंकन
दीर्घायु वर मागेर, शुभाषिक दिदैंछु म !
पूर्खाको मान राखेर, राम्रो काम सँधै गर
कर्तव्य पथमा हिड्नु, गृहस्थाश्रम खातिर ।।१।।
नाता, साथी र आफन्तसँग खुलस्त भैकन
विश्वास तिमीले गर्नु योग्या योग्य बुझीकन
विद्वान, गुणका निम्ति गर्दै आदर शानले
अवला, दीनदुःखीको गर्नु मद्दत ज्ञानले ।।२।।
असक्तजनको रक्षा गर्नु पर्दछ बुध्दिले
नारी नै घरकी लक्ष्मी मान्नु पर्दछ युक्तिले
मातापिता र गुरूको अर्ति मान्दछ जो गुणी
प्रशंसा उसकै हुन्छ ज्ञानी पुत्रभयो भनि ।।३।।
राम्रो कार्य गरी बस्नु, गर्दै प्रगति दिन्दिन्
स्वधर्म पालना गर्ने, दायित्व लिनु तत्क्षण
कर्मार्थी जनका निम्ति असम्भव के नै छ र ?
चुनौति सामना गर्न, सधै रहुनु तत्पर ।।४।।
उपकार ठूलो धर्म, नछोड्नु कहिल्यै पनि
सृष्ठीको शान संझेर बुझ्नु पर्दछ त्यो पनि
देवादिदेवको बास निष्ठा, ज्ञान र धर्ममा
अबिच्छिन्न भई बस्छ चिरसत्य र कर्ममा ।।५।।
कर्म नै पूज्यहो भन्दै जसले गर्दछ चिन्तन
गृहस्थी जनका निम्ति त्यै नै हो आत्मपूजन
उपकारी गुणी बन्दै कर्तव्य पथमा हुिड
सन्तान सुख पाएर निरोगी स्वस्थ्य भै बस ।।६।।
एकचालिस साल आषाढ, आजै हो शुभ त्यो दिन
हटेको तम धर्तीमा ब्रह्माजीखुसी भैकन
गुञ्ज्यो च्याँहार शब्दले हर्षोल्लास गराउँदै
अशंख्यबन्दना गर्छु, जन्मोत्सब मनाउँदै ।।७।।
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक