साहित्यकार खडानन्द लुइटेलका दुई कृति लोकार्पण

साहित्यकार खडानन्द लुइटेलका दुई कृति लोकार्पण

कपन अनलाइन

काठमाडौं ,असार २३ ।

जन्मभूमि नेपाल साहित्य समाजले खडानन्द लुइटेलद्वारा लिखित कृतिहरु‘नेपाली थर र गोत्रको चिनारी एवम् नेपालका स्थानीय तह’ को लोकार्पण गरिएको छ ।

निराग पार्टी प्यालेस भृकुटी चोकमा भएको कार्यक्रममा   प्रा.डा. माधव भट्टराई प्रमुख अतिथि रहेका थिए भने ओखलढुंगाका पूर्व सांसद रामहरि खतिवडा विशेष अतिथि रहेका थिए।

त्यस्तै  अतिथिहरुमा  संस्थाका संरक्षक वरिष्ठ साहित्यकार प्रयागराज ‘वाशिष्ठ’, आचार्य तिलक प्रसाद लुइटेल, नाराहिटी संग्रालयका का.नि. भेषनारायण दाहाल, शैली साहित्य समाजकी अध्यक्ष मन्जुश्री प्रधान ‘रानु’, भन्सार विभागका निर्देशक सुमन दाहाल, साहित्यकार बालकृष्ण दाहाल, पत्रकार निवन्ध आचार्य, संस्थाका सल्लाहकार सिताराम गुरुङ, संरक्षक ओम प्रसाद कोइराला, ए.पि.एस.प्रेशका प्रमुख अर्जुन प्रसाद ढुंगेल, साहित्यकार विनोद दाहाल ‘वत्स’ , समाजसेवी तथा कवि दुर्गा प्रसाद अधिकारी ‘भमरकोटे’, बुनपा वडा नं.१० का अध्यक्ष नवराज भट्टराई एवं बुनपावडा नं १२  का अध्यक्ष शम्भु भट्टराई लगायत रहेका थिए।

 संस्थाका अध्यक्ष डिल्ली प्रसाद ‘मुल्तिहून’ को अध्यक्षतामा भएको कार्यक्रममा  दुई कृतिमाथि कुशल समिक्षक द्वय प्रयागराज वाशिष्ठ एवं तिलक प्रसाद लुइटेलले मिठो समीक्षा गरेका थिए भने लेखक  खडानन्द लुइटेलले  पुस्तकहरु माथि लेखकीय मन्तव्य राखेका थिए। 

सो  कार्यक्रमको  संचालन संचालन   इन्दु अंशु र रिता दाहालले गरेका थिए  ।

 

तपाइँको प्रतिक्रिया ।