नेपाल प्रहरीको महानिरीक्षकमा शैलेश थापा

नेपाल प्रहरीको महानिरीक्षकमा  शैलेश थापा

कपन अनलाइन

काठमाडौं ,असार २३।

नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) शैलेश थापा क्षेत्री नियुक्त भएका छन्।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शैलेश थापा क्षेत्रीलाई २८ औं आइजिपीमा नियुक्त गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए।

उनले अब २०७९ साल वैशाख १९ गतेसम्म संगठनको नेतृत्व सम्हाल्ने छन्।शैलेश थापा क्षेत्रीले २०४९ साल वैशाख १९ गते प्रहरी सेवामा प्रवेश गरेका थिए।उनले कास्की, झापा लगायतका जिल्लामा कमाण्ड सम्हालेका थिए।

क्षेत्री प्रहरी तालिम केन्द्र र हेडक्वाटरमा लामो समय बसेर संगठनलाई कसरी सुधार गर्न सकिन्छ भनेर रणनीति बनाउने अधिकारीहरूमध्ये एकमा पर्दछन्।

अहिलेका महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीको ३० वर्षे सेवा अवधि सकिएपछि बुधबार अवकाश पाउँदैछन्। क्षेत्रीले बिहीबारदेखि संगठन सम्हाल्नेछन्।

तपाइँको प्रतिक्रिया ।